Friday, 29 May 2015

बर्षौपछी देशमा खुशियाली छाएको छ सडक रातै भएको छ,मानिसको होहल्ला छ
सुन्छु टाढै बाट जिन्दावाद र मुर्दाबादका नारा घन्केका छन
म एउटा गरिब घरमा समाचार सुन्नलाई रेडियो छैन
अस्ति खै पल्लाघरे नन्दलालकामा जाँदा देशमा अब छिट्टै गणतन्त्र आउँछ भन्थे ,सुनेथेँ गणतन्त्र आएपछी गरिबका दिन खुल्ने छन,जनताले राज गर्ने दिन आउनेछ।
नारा नजिक हुँदै आयो म नि त्यही बाटो जानू थियो सुने नारा लगाएको गणतन्त्र जिन्दाबाद!
नजिकै आउँदै गरेको मान्छेलाई सोधेँ
गणतन्त्र आएको हो भाइ?उसले भन्यो हेर यो भरिया थाह पाएकै छैन रहेछ
हिजो राती घोषणा भएको सुनिनस?पेट भर्नै धौधौ छ कहाँबाट सुनोस अलि रेडियो सुन्ने गर भनेर छेड हान्यो बुझेन पेटको ब्यथा।
मलाई त्यही बेला देखि लागेको थियो गणतन्त्र आएर नि भेदभाव कायम नै हुने रहेछ मलाई गणतन्त्र सुरुकै दिन यसो गरियो शायद यहि रित देशमा बस्नेछ भनेर।
बिस्तारै देशमा परिबर्तनको महसुस गराउन बोर्डमा श्री ५ को सरकारका ठाउँमा नेपाल सरकार र पुस्तकमा कान्छो गणतन्त्र मुलुक भन्न थालियो।
समय बित्दै गयो जनताका नेता राजा बन्दै गए एकपछी अर्को परम्परा उहीँ रहे,देश छुट्याउने कुरा गर्दैछन,संबिधान पुरानै जस्तो छ
कथित अन्तरिम संबिधानमा देश अन्तरिम प्रणालीमा चल्दैछ।
ओहो आज त त्यो दिन पनि ८ बर्ष पुगेछ
मेरो थाप्लामाथिको नाम्लो उहीँ छ
यो बिचमा पाइलो राख्ने जमिन नभएकाले महल उभ्याए उनिहरु पनि जनताका नेता थिए तर म सामान्य नागरिक अझ भनौँ नेपाली ।
यसैले मेरा लागि यो गणतन्त्र आउनु जानूले खास अर्थ राख्दैन
शुभकामना तिनै
राजनिती गर्ने जनताका नेतालाई

परदेशिएको एउटा भरिया
हाल दुबई

Thursday, 21 May 2015

भाब

Posted by Unknown | 18:31 Categories: ,

टाँगिएका छन पाल सबैतिर
आँशुका छन छाल सबैतिर

राहत अरबौँ सकेँ भन्छ सरकार
पुग्या छैन चामल दाल सबैतिर

चिरिन्छ छाती अनि भक्कानिन्छ मन
देख्दा देशको बेहाल सबैतिर

कस्तो दुर्दशा भोगिरहेछौँ हामी
असुभ भयो यो साल सबैतिर

भुकम्प बाढी चट्याङ अरु केके भनौँ
देखिरहेछ म काल सबैतिर

Sunday, 17 May 2015

गजल

Posted by Unknown | 19:08 Categories: ,

नजिक बन्दैमा कोहि साथी हुदैन
धनी हुँदमा कोहि माथी हुँदैन

फुल्छन फुलहरु उन्यु पनि फुल्छ
फुल्यो भन्दैमा उन्यु पाती हुँदैन

साथ निभाउन सम्बन्ध गाँस्ने हो
गाँसिएको नाता सबै जाती हुँदैन

आफ्नो खुश परे जे सहि हुन्छ
सोछे झैँ भए कहिले रात हुँदैन

भो कोहि फुर्किएर नौफ्रीएकै बेश
माया गर्ने सबै साँच्चै छाती हुँदैन

गजल

Posted by Unknown | 19:01 Categories: ,

आमाको त्यो सारी टाल्न सकिनँ
घरको दुख कति फाल्न सकिनँ

लागेको गरिबीको दाग परिवारमा
परदेशिएँ तर पनि पखाल्न सकिनँ

चुहिँदैछ छानो बर्खामा दिनदिन
नयाँ खरको छानो हाल्न सकिनँ

सोच बनाएकै हो जीवन सफलताको
भाका आएनछ चाल्न सकिनँ

निर्बल भएँछु म जवानीमा नै
दुख आफ्नै सामु गाल्न सकिनँ

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube