Friday, 26 August 2016

गजल

Posted by Unknown | 20:33 Categories: ,

मैले भनेको मान अबेला हुँदैछ
एकै  पार्न ज्यान अबेला हुँदैछ

सिंदुर,पोते,चुरा लगाइ तिमीलाई
मेरो घरमा लान अबेला हुँदैछ

कतिन्जेल एक्लो  जिन्दगी ज्युने?
भंग गर ध्यान अबेला  हुँदैछ

भेट्दा गाउँका भन्दैछन् साथिभाई
बिहे तेरो खान अबेला हुँदैछ

लौ अब नकटाउँ मंसिरको यो पन्ध्र
गर गहना छान अबेला हुँदैछ।

गजल

Posted by Unknown | 20:33 Categories: ,

सँगै हात समाएको बिर्सिएकी छैनौ होला
त्यो रातमा रमाएको बिर्सिएकी छैनौ होला

चिनाजानी नयाँ थियो आलिंगनमा तिमी हुँदा
जिउ सारा कमाएको बिर्सिएकी छैनौ होला

शिशिर याम उसैमाथी चिसो हावा चल्दै गर्दा
जुनको रापमा घमाएको बिर्सिएकी छैनौ होला

पानी पानी हुँदा ज्यान सामिप्यता तिम्रो मेरो
त्यो ज्यान म मै थमाएको बिर्सिएकी छैनौ होला

थाह पत्तै नदिएर आज बाटो मोडिछौ नि
सपना मनमा जगाएको बिर्सिएकी छैनौ होला।

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube