Friday 26 February 2016

गजल

Posted by Unknown | 04:02 Categories: ,

बाबुआमा बेसहारा भइदिए हेर्दाहेर्दै
अनि सन्तान आवारा भइदिए हेर्दाहेर्दै

सुख सँगै खुशी ल्याउँछ सन्तानले भन्थे
कल्पना भो आँशुधारा भइदिए हेर्दाहेर्दै

जमाना के आयो अब म खै के बुझुँ?
बाआमा वृद्वाश्रम नारा भइदिए हेर्दाहेर्दै

ज्युन छ धेरै गाह्रो बुढेशकाल ढल्दै जाँदा
भोलिका दिन झन अप्ठ्यारा भइदिए हेर्दाहेर्दै

कर्तव्य साथ दुधको भार खै कसले देख्यो?
आफ्नै सन्तान जुनतारा भइदिए हेर्दाहेर्दै

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube