Tuesday 3 November 2015

रसिक भयो कि?

Posted by Unknown | 20:10 Categories:

तयार भइ नुहाउन सारा लुगा खोली
देख्दैछु म खुस्काउँदैछे कस्सिएको चोली

मीठो स्वरमा मैले उसलाई बोलाएँ नामले
लजाए झैँ भइ अनि आउन यतै बोली

बोलाएपछी म पनि गएँ बसेँ उसकै छेउ
सोचेँ मेरै सामु नुहाउँदा क्षति होलि

नुहाउन शुरु गरि हाली मेरै सामुन्नेमा
फेरि भनी नुहाइदेउ न मलाई जिउ मोलि

इच्छा थियो आदेशको वचन पालना भो
निर्लज्ज छे भन्छे फेरि आउन है भोलि
😂

गजल

Posted by Unknown | 20:09 Categories: ,

मैले माया गर्ने मान्छे टाढा भएपछि
उसको मन अर्कैसँग गाढा भएपछि

ऊ आउने बाटो भरी फुल किन छरुँ
मैले छर्ने फुल पनि काँडा भएपछि

सँगालेको यो मनलाई मैले उसकै लागि
बिश्वास टर्‍यो उसको मन छाडा भएपछि

यो मन अचेल रुँदै मर्दैछ दिनका दिन
मायामा पहिलेभन्दा बढी भाडा भएपछि

मिलाउने जिबनलाई बिताउने साथ सपना
पूरा नहुने भो लक्ष्य अलग डाँडा भएपछि

गजल

Posted by Unknown | 20:09 Categories: ,

निष्ठुरीलाई चोखो माया भएन रे गर्दा पनि
आफ्नो मनै खाली गरि उसको मन भर्दा पनि

मेरो मनको मझेरिमा आउने बाटो पत्थर भन्छ
आफू काँढा माथी टेकि बाटोमा फुल छर्दा पनि

लुकाएर आँशुहरु हाँसिदिन्छु उसका सामु
म सुखमा ऊ दुखमा भन्छ कि म मर्दा पनि

दुनियाँलाई चुनौती दिई साथै दिन खोज्छु उसको
अझै पराइ बन्न खोज्छौ भन्छ नजिक सर्दा पनि

कहिलेकाहीँ घमण्डीको संज्ञा दिन्छ सहन्छु म
दिनदिन उसको पाउमाथी मेरो शीर झर्दा पनि

Monday 2 November 2015

गजल

Posted by Unknown | 05:21 Categories: ,

सुनसान रातमा तिमी र म हुँदा कस्तो होला
हातले तिम्रा कोमल अंग छुँदा कस्तो होला

अन्धकार बिच  बनिएका जवानीका हाम्रा
सहमतिमा मिलाउने बुँदा कस्तो होला

बाँधिएर आलिंगनमा स्पर्श अधरमा त्यो
तप्प हर्षित आँसु अनि चुहुँदा कस्तो होला

मिलाइदियो भेटाइदियो हामी दुईलाई धन्य
देखिँदैन मन बुझ्ने यो खुदा कस्तो होला

जीवन भरी तिमी सँगै भए गइन्न भो स्वर्ग
छुटी गए माया हाम्रो रुँदा कस्तो होला?

गजल

Posted by Unknown | 05:20 Categories: ,

मनमा थियो थोरै माया त्यो पनि जलेछ कि
एक्लो सुरमा हिँड्दा हिँड्दै जिन्दगी गलेछ कि

सजाएको आस्थाको ठूलो थियो महल
देख्दिनँ म भावनामा बज्रपातले ढलेछ कि

कहाँ गयो आधा मुटु आधा मात्र म सँग छ
निष्ठुरीलाई साथ दिन उनीसँगै चलेछ कि

प्रतिबिम्ब आफ्नो त हरायो कि म बाट
यादमा सारा उसको मेरो आकृति बलेछ कि

देखाइदियो अन्तै तिर निष्ठुरीलाई दैवले
रमिता हेर्न बिधाताले मेरै भाग्य छलेछ कि?

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube