जति सम्हाल्यो उति बिग्रन्छ घर छक्क पर्छु
मान्छेको पुर्खा हो रे यो बाँदर छक्क पर्छु
जवानीभरी सोचिन्छ घरबार एक जना सँग
अर्कैसँग भइदिन्छ जीवन सफर छक्क पर्छु
रुप हेरेर हैन मन हेरेर माया गर्छु भन्नेले नै
किन लाउँछ यो अधरमा नजर छक्क पर्छु
मर्दा सम्म पनि जसले साथ देला जस्तो हुन्छ
बाँच्दा उसैले पार्दिन्छ अभर छक्क पर्छु
महंगी छ धुलो छ समस्या छ सबैथोकको
अझै किन बस्छ मान्छे सहर छक्क पर्छु।।