Showing posts with label बिबिध. Show all posts
Showing posts with label बिबिध. Show all posts

Tuesday, 3 November 2015

रसिक भयो कि?

Posted by Unknown | 20:10 Categories:

तयार भइ नुहाउन सारा लुगा खोली
देख्दैछु म खुस्काउँदैछे कस्सिएको चोली

मीठो स्वरमा मैले उसलाई बोलाएँ नामले
लजाए झैँ भइ अनि आउन यतै बोली

बोलाएपछी म पनि गएँ बसेँ उसकै छेउ
सोचेँ मेरै सामु नुहाउँदा क्षति होलि

नुहाउन शुरु गरि हाली मेरै सामुन्नेमा
फेरि भनी नुहाइदेउ न मलाई जिउ मोलि

इच्छा थियो आदेशको वचन पालना भो
निर्लज्ज छे भन्छे फेरि आउन है भोलि
😂

Sunday, 16 August 2015

नयाँ राष्ट्र गान

Posted by Unknown | 00:17 Categories:

केपि ओलि,पुष्पकमल,कोइराला सुशील
एउटै देश छ चिरा भो कति ठुलो त्यो दिल

मिलि बस्ने नेपालीमा काटमार गरायौ
जनयुद्ध भन्दै पहिले सत्र हजार मरायौ

मधेशीका सिंह बने गच्छदार बिजय
नेपालीलाई आफ्नै देश बस्नलाई छ भय

कालापानी,सुस्ता बेच्यौ,बेच्यौ सुन्दर लिपुलेक
पहाडसँग बिच्छेद गर्न खोज्दैछौ तराई मधेस

कसो गरि देश लुटौँ सबै नेताको ताल
गरिबीमा एक नम्बर जय जय नेपाल

समय

Thursday, 16 July 2015

गित

Posted by Unknown | 04:28 Categories: ,

हेर मलाई तिम्रो त्यो नजरले हेर
झिम्क्याउँदै परेली त्यो अधरले हेर
माया मेरि माया तिमीलाई चोखो माया
हुनेछु म जुनि भरी केवल तिम्रै छाँया

ज्युनलाई जुनिभरी साथ तिमी खोजेँ
हजारौंमा मेरि प्यारी तिमीलाई रोजेँ
हेर्छौ त हेर नयन सदरले हेर
झिम्क्याउँदै परेली त्यो अधरले हेर

हाम्रो यो जिन्दगीमा माया बनाउँ निर्मल
मन मिले स्वर्ग बन्छ यहि जुनि सफल
हेर मलाई एकबार रहरले हेर
झिम्क्याउँदै परेली त्यो अधरले हेर

Monday, 6 July 2015

स्वागत

Posted by Unknown | 12:14 Categories: ,

तिमीलाई दिलको बारीमा स्वागत
मेरै नयन वारि पारीमा स्वागत

चन्चलता कामुकतामा नआउ भेट्न
हरपल सारी चोलिमा स्वागत

बन्दकोठा अस्मिता कहाँ सुरक्षीत छ
चौतारी भञ्ज्याङ् छहारीमा स्वागत

न पोखियोस बैँस जवानी क्षणभरमा
तिमीलाई लजालु नारीमा स्वागत

झिम्क्याउँदा परेली तिमीले मलाई
खोलुन नयन लुकामारीमा स्वागत

Saturday, 4 July 2015

गीत

Posted by Unknown | 08:38 Categories: ,

मन दिन्छु मन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

तिमीलाई सधैं हेर्न म मन पराउने
हेर्दाहेर्दै कल्पना सागरमा हराउने
नयन दिन्छु नयन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

जुनि जुनी तिमीलाई चोखो माया गर्छु
फुल्दा तिमी सँगै अनि तिमी सँगै झर्छु
वचन दिन्छु वचन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

न त तिमी जुन हौ न त तिमी  धुन
मलाई भने लाग्ने मन तिम्रै पास हुन

मागौँ त दैब सँग केवल तिम्रै साथ
के गर्नु र तिमी बिना हिर्स मोति सुन

धनसम्पत्ती दौलत सारा भएर नै के र
चाहिन्छ चौरासी ब्यन्जन माथी नुन

तास या मलमलमा सजिनु नि ब्यर्थ
ढाक्न पाए पुग्यो शरीर लिइकन उन

माया यो तिमीलाई जुनिजुनी सम्म
तिम्रै नाममा बग्ने गर्छ शरीरमा खुन

Friday, 29 May 2015

बर्षौपछी देशमा खुशियाली छाएको छ सडक रातै भएको छ,मानिसको होहल्ला छ
सुन्छु टाढै बाट जिन्दावाद र मुर्दाबादका नारा घन्केका छन
म एउटा गरिब घरमा समाचार सुन्नलाई रेडियो छैन
अस्ति खै पल्लाघरे नन्दलालकामा जाँदा देशमा अब छिट्टै गणतन्त्र आउँछ भन्थे ,सुनेथेँ गणतन्त्र आएपछी गरिबका दिन खुल्ने छन,जनताले राज गर्ने दिन आउनेछ।
नारा नजिक हुँदै आयो म नि त्यही बाटो जानू थियो सुने नारा लगाएको गणतन्त्र जिन्दाबाद!
नजिकै आउँदै गरेको मान्छेलाई सोधेँ
गणतन्त्र आएको हो भाइ?उसले भन्यो हेर यो भरिया थाह पाएकै छैन रहेछ
हिजो राती घोषणा भएको सुनिनस?पेट भर्नै धौधौ छ कहाँबाट सुनोस अलि रेडियो सुन्ने गर भनेर छेड हान्यो बुझेन पेटको ब्यथा।
मलाई त्यही बेला देखि लागेको थियो गणतन्त्र आएर नि भेदभाव कायम नै हुने रहेछ मलाई गणतन्त्र सुरुकै दिन यसो गरियो शायद यहि रित देशमा बस्नेछ भनेर।
बिस्तारै देशमा परिबर्तनको महसुस गराउन बोर्डमा श्री ५ को सरकारका ठाउँमा नेपाल सरकार र पुस्तकमा कान्छो गणतन्त्र मुलुक भन्न थालियो।
समय बित्दै गयो जनताका नेता राजा बन्दै गए एकपछी अर्को परम्परा उहीँ रहे,देश छुट्याउने कुरा गर्दैछन,संबिधान पुरानै जस्तो छ
कथित अन्तरिम संबिधानमा देश अन्तरिम प्रणालीमा चल्दैछ।
ओहो आज त त्यो दिन पनि ८ बर्ष पुगेछ
मेरो थाप्लामाथिको नाम्लो उहीँ छ
यो बिचमा पाइलो राख्ने जमिन नभएकाले महल उभ्याए उनिहरु पनि जनताका नेता थिए तर म सामान्य नागरिक अझ भनौँ नेपाली ।
यसैले मेरा लागि यो गणतन्त्र आउनु जानूले खास अर्थ राख्दैन
शुभकामना तिनै
राजनिती गर्ने जनताका नेतालाई

परदेशिएको एउटा भरिया
हाल दुबई

Friday, 17 April 2015

अप्ठ्यारालाई किनारा लगाउँदै जाउ
सपनालाई    साकार बनाउँदै जाउ 

असफलका दागहरु मेटाउँदै जिन्दगीमा
आशालाई  मनभरी जगाउँदै जाउ

चुमोस हर पाइलामा सफलताले तिम्रो
दुख जति जिबनबाट बगाउँदै जाउ

खुशीका मुहान तिम्रो मुहारमा भइ रहोस
रिस डर मन बाट भगाउँदै जाउ 

भौतिक कुनै उपहार छैन यो जन्मदिनमा
भावना झैँ जिबन सधैं रंगाउँदै जाउ

Monday, 6 April 2015

विविध

Posted by Unknown | 04:09 Categories:

DICTIONARY मात्र एउटा त्यस्तो ठाउँ हो जसमा 1. Death, Life भन्दा अगाडि आउछ ।
2. End, Start भन्दा अगाडि आउछ ।
3. Divorce, Marriage भन्दा अगाडि आउछ ।
4. Child, Parents भन्दा अगाडि आउछ ।
5. Evening, Morning भन्दा अगाडि आउछ ।
6. Result, Test भन्दा अगाडि आउछ ।
7. Destination, Struggle भन्दा अगाडि आउछ । 8. Dinner, Lunch भन्दा अगाडि आउछ ।
9. Doctor, Fever भन्दा अगाडि आउछ । केवल एउटा चीज़ Dictionary मा ठीक आउछ र त्यो हो 'FRIENDS' जुन Relatives भन्दा अगाडि आउछ ।

गजल

Posted by Unknown | 04:07 Categories:

गाऊँ र शहरको कुरा छुट्टै हुन्छ बिज्ञा
बाध्यता र रहरको कुरा छुट्टै हुन्छ बिज्ञा

सुख कल्पनाको पहाड हुन्छ सबको मनमा
पियुष र जहरको कुरा छुट्टै हुन्छ बिज्ञा

जीन्दगी यो पक्कै पनि अलि लामो होला
जीवन र एक प्रहरको कुरा छुट्टै हुन्छ बिज्ञा

सुख दुख जीन्दगीमा आउँछन अनि जान्छन
नदि र नहरको कुरा छुट्टै हुन्छ बिज्ञा

के सोचिन्छ जीन्दगीमा भइदिन्छ अर्कै
यथार्थ र रहरको कुरा छुट्टै हुन्छ बिज्ञा

Friday, 20 March 2015

कुरो

Posted by Unknown | 04:44 Categories:

मन किनिँदैन उपहारले
न त माया सुनको जुहारले

काट्छौ मान्छेलाई त रेट्छौ
बिचार छिनाउँदैन तरबारले

रोउ कराउ तिमि जस्तै पिडा होस
आवाज सुन्दैन सिंहदरबारले

सम्बन्ध सधैंलाई चिराइदिन्छ
माया आइदिने सानो दरारले

अघि नबढ बन्दुक उठाउँदैछ
मार्न खोज्दैछ जनता सरकारले
१६-०९-२०१४

देशको बारे

Posted by Unknown | 03:27 Categories:

लथालिङ्ग देश हुँदा दुखेको छ छाती
मौलाएका देख्छु सधैं देशमा राष्ट्रघाती

पिर छैन यि नेतामा अमनचयन देख्छु
जनतामा दिनमा भोकप्यास निद छैन राती

यस्तै देशको जाल हुँदै म त मरिजाउँला
सिंगो नेपाल नदेख्लाकी मेरो आफ्नै नाती

देशबिकास गर्ने नाउँमा हुन्छ खिचातानी
लालायित बनाउन नेता राज्य नानाभाती

सुन्छु सरकार बाँड्छ रे देश जातिपिच्छे
सहन्छ को यो संबिधान यस्तो पक्षपाती

Saturday, 21 February 2015

भाव

Posted by Unknown | 19:49 Categories:

मेरो देश
जहाँ एकातिर शान्तीको कामना गर्दै सेता परेवा उडाइन्छ
बिडम्बना नजिकै बन्दुक बन्दै छन
सेता परेवा सँगै आकाशमा बाजको पनि कमि छैन जो परेवा मारेर खुशी हुन चाहन्छ
आक्रमण गर्छ बारबार
रन्थनिन्छ परेवा
सुस्ताउँछ शान्ती
शिथिल तर मरेको छैन
यस्तै मेरो देशको शान्ती
जो यहीँबाट सुरु भयो अनि
अनि अन्त्य गर्न यसैका सन्तती लागेका छन
ए नवयुगका पाखुरा हो
अब तिमीहरूले चिन्नु पर्छ
जरुरी छ
बाज मार्नु पर्छ
सेता परेवा उडाउनु छ
फुलाउनु छ शान्ती
बन्दुकलाई भाँच्नु छ
अनि आउनेछ शान्ती
जो तिम्रो पुस्तालाई अनिवार्य छ