सचेत बनौँ देशमा गुम्बा मन्दिर ढल्न थाले
बिदेशीका दुत देशै भरी चल्न थाले
संस्कार भाँज्न अन्तै मैन बत्ती बल्न थाले
संस्कृतिका जग यहाँ यसै गल्न थाले
नेता बिचार भुली बिदेशी पाउ मल्न थाले
१४-११-२०१४
हेर्दै मात लाग्ने नजर छ उसको
मोहनी जादु लाउने अधर छ उसको
उ हेर्नमा जति सुन्दर शालिन छे
भावनामा घमण्डको शहर छ उसको
बुझ्दै नभुझ्ने अनि बहुलठ्ठी पन छ
हार्नु हुन्न एउटै ठहर छ उसको
बिपरित छ साँच्चै उ अनि मेरो मन
बोलिमा जादु संगै जहर छ उसको
म छु उहि खालको नचाहेरै हेर्छु
मेरो मन बाध्य पार्ने कहर छ उसको
१२-१२-२०१४
साँवा भन्दा चर्को ब्याज चलेकै छ
मेरो दिलमा उनको राज चलेकै छ
जनताको सरकारले मार्दैछ जनतालाई
श्रम मुल्य भन्दा बढी प्याज चलेकै छ
अस्पतालमा बिरामी छट्पटाएर मर्छन
डाक्टर साबको शहरमा काज चलेकै छ
बलात्कार भो पिडित झुन्डिएर मरिन
सुन्दैछु पिडक बिना लाज चलेकै छ
हटाए श्रीपेच दरबार बाटै निकाले
नेताका शिरमा उहि ताज चलेकै छ
०९-१२-२०१४
केटा
मैले माया मारेर के भयो
एकपात झरेर के भयो
तिमि त बोट हौ सुक्नुपर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन
केटि
भन्छौ मलाई मनकी धनी छु
तिमि बिना जिबन रितिन्छु
चोखो यो मायामा लुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन
केटा
तिमि नै छौ मेरो यो मनमा
अंगाल्नलाई गाह्रो छ जिबनमा
तिमि त बोट हौ सुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन
केटि
खुशी भए तिमि लौ म बिना
सकिनेछ जिबनको यो चिना
चोखो यो मायामा लुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन
केटा
प्रिय् तिमि त्यो बचन नबोल
पुरा गर्छु मेरो नै कबोल
तिमि त बोट हौ सुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन
केटि
छोडी गाउँ यो शहर
पुरा हुन्छन जहाँ यि रहर
चोखो यो मायामा लुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन
केटा
हाम्रो हुन्छ मायामा लौ जित
हासौं बाचौं रमाइलो प्रित
तिमि त बोट हौ सुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन
२८-११-२०१४
लथालिङ्ग देश हुँदा दुखेको छ छाती
मौलाएका देख्छु सधैं देशमा राष्ट्रघाती
पिर छैन यि नेतामा अमनचयन देख्छु
जनतामा दिनमा भोकप्यास निद छैन राती
यस्तै देशको जाल हुँदै म त मरिजाउँला
सिंगो नेपाल नदेख्लाकी मेरो आफ्नै नाती
देशबिकास गर्ने नाउँमा हुन्छ खिचातानी
लालायित बनाउन नेता राज्य नानाभाती
सुन्छु सरकार बाँड्छ रे देश जातिपिच्छे
सहन्छ को यो संबिधान यस्तो पक्षपाती
सुधार छिट्टै व्यबहार आमा भन्नुहुन्छ
बना आफ्नै घरबार आमा भन्नुहुन्छ
रात रहे अग्राख पलाउँदै जान्छ बुझेस
सम्हाल आफ्नै परिवार आमा भन्नुहुन्छ
जवानीमा दुख गरि भबिष्यलाई सुख
रमाउने हुनुपर्छ आधार आमा भन्नुहुन्छ
जे जति छन मैले तेरा साँचेका सपना
चाहनालाई बना साकार आमा भन्नुहुन्छ
जसको खबर उसको धन उखान बुढो भयो
परिवारको सानो आकार आमा भन्नुहुन्छ