Sunday, 22 March 2015

परिबर्तन

Posted by Unknown | 02:14 Categories: ,
मुन्धुम त्रिपिटक अनो गिता जल्न थाले
सचेत बनौँ देशमा गुम्बा मन्दिर ढल्न थाले
नयाँपनको नारा लगाइ संस्कृति सखाप पार्न
बिदेशीका दुत देशै भरी चल्न थाले
दियो नबलेको गुम्बा मन्दिरमा धेरै भयो
संस्कार भाँज्न अन्तै मैन बत्ती बल्न थाले
उठौँ युवा नयाँ जोश लिइ सभ्यता थाम्न
संस्कृतिका जग यहाँ यसै गल्न थाले
रक्षक हाम्रो देशका हामीले जसलाई मान्यौं
नेता बिचार भुली बिदेशी पाउ मल्न थाले
१४-११-२०१४

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube