Friday 20 March 2015

गजल

Posted by Unknown | 03:18 Categories: ,
घरमा बिहे गर्न छ दबाब उनि भन्छिन
मलाई तिमिमै छ लगाव  उनि भन्छिन
म नाइँ भन्दैछु कर गरिरहेका छन
भइदियो समयकै अभाव उनि भन्छिन
लौन केहि सुल्झाउनु परेको छ जुक्ति
परिवारको मन गर्नु छ बदलाब उनि भन्छिन
तिमी नपाइन्जेल हुन्न भन्न पाइयोस
दैब राखिदेउ सदभाब उनि भन्छिन
उमेर पुगि छोरी दुनियाँ कुरा काट्छ
तत्काल परिस्थिति खराब उनि भन्छिन

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube