Wednesday 22 April 2015

प्रेम

Posted by Unknown | 04:44 Categories: ,

तिमीलाई चोखो माया प्यारले भन्नुहुन्छ
बोल्नुहुन्न हजुर धेरै इसाराले भन्नुहुन्छ

सिकिस्त अवस्था उनको अस्पताल शैयामा
बाँच्दिन म नयन देखाइ यि चारले भन्नुहुन्छ

म जित्दिन मृत्युलाई न कसैले जितेको छ
बोल्दाबोल्दै रोक्छ गला उहि सारले भन्नुहुन्छ

नहडबडाउ प्यारी तिमी जाने हाम्रो बाटो एकै
ढिलो छिटो हुन्छ जिवन स्वीकारले भन्नुहुन्छ

मर्नु भएको छ मलाई हजुर भन्दा छिटो अब
खुशी साथ बाँच भन्दै आफ्नो हारले भन्नुहुन्छ

Sunday 19 April 2015

गजल

Posted by Unknown | 19:50 Categories: ,

माया लाउने तिमीसँग मन एकपल्ट
खुशी बनौँ पाइन्छ यो जिवन एकपल्ट

म तिमीलाई चाहन्छु सबैभन्दा बेसि प्रिय
भनिदेन कानमा उनलाई पवन एकपल्ट

मन मिल्नु ठुलो कुरा माया गरेको छु
साथ मिले कमाइएला धन एकपल्ट

टाढा भयौ जिबनमा मिलिएन भने पनि
अन्तिम इच्छा हेर्ने तिम्रो बदन एकपल्ट

मायाकी खानी तिमिलाई मुना बनाएर
बन्न मन छ समयलाई मदन एकपल्ट

Friday 17 April 2015

अप्ठ्यारालाई किनारा लगाउँदै जाउ
सपनालाई    साकार बनाउँदै जाउ 

असफलका दागहरु मेटाउँदै जिन्दगीमा
आशालाई  मनभरी जगाउँदै जाउ

चुमोस हर पाइलामा सफलताले तिम्रो
दुख जति जिबनबाट बगाउँदै जाउ

खुशीका मुहान तिम्रो मुहारमा भइ रहोस
रिस डर मन बाट भगाउँदै जाउ 

भौतिक कुनै उपहार छैन यो जन्मदिनमा
भावना झैँ जिबन सधैं रंगाउँदै जाउ

अवस्था

Posted by Unknown | 02:45 Categories: ,

बोल्नुहुन्न कहिँकतै जतासुकै जासुस हुन्छ
सुन्लान कसैले भनी कुरा खासखुस हुन्छ

प्रकृतिले भरिपूर्ण आहा हाम्रो देश नेपाल
राजनीतिले चकनाचुर हेर्दा महसुस हुन्छ

करोडौंको योजना बन्नु पर्दा यहाँ नेर
भित्र खोक्रो बाहिर रंगिन टाँसटुस हुन्छ

कहाँ बन्नु योजना सबै त्यो लगानीको
माथी बाट तलै सम्म पैसा छासछुस हुन्छ

एक चौथाइको काम पनि बन्न सक्दैन यहाँ
योजनाको अनुगमन बाँकी सबै घुस हुन्छ

Thursday 9 April 2015

गजल भयो कि?

Posted by Unknown | 11:05 Categories: ,

सिसासरी जिन्दगानी चकनाचुर भयो
थाह भएन हे दैब अक्षम्य के कसुर भयो

कारण चाहिन्छ पक्कै केहि हुनलाई
थाह भएन सजाय मलाई बिना कसुर भयो

पुग्नै लाग्दा म मेरो चाहनाको शिखरमा
अवरोध खडा गर्‍यो फेरि अब दुर भयो

सुनेको थिएँ मान्छे खुशि बनाउँछ रे ईश्वर
बुझिनँ उ म माथि किन यति क्रुर भयो

लाग्छ अति सोझो हुँदा अस्तित्व हराउला भनी
जानीजानी नियतिको गल्ती गर्ने सुर भयो

गित

Posted by Unknown | 09:48 Categories:

मन दिन्छु मन देउ मायालु
जिबन दिन्छु जिबन देउ मायालु

तिमीलाई सधैं हेर्न मन पराउने
हेर्दा सपनाको सागरमा हराउने
नयन दिन्छु नयन देउ मायालु
जिवन दिन्छु जिवन देउ मायालु

जुनिजुनी तिमिलाई चोखो माया गर्छु
सँगै ज्युछु तिमिसँग हो म सँगै मर्छु
बचन दिन्छु बचन देउ मायालु
जिवन दिन्छु जिवन देउ मायालु

हालत

Posted by Unknown | 09:43 Categories: ,

उ यो देशको जिम्मेवार भएर
रित्याउँदैछ देश बफादार भएर

भित्रभित्रै देशलाई बलात्कार गर्छ
जनताका आँखामा इमानदार भएर

उ हाँस्दैछ अहिले अन्तर आत्माबाट
देश फुटाउने सपना साकार भएर

माटो माथी हस्तक्षेप चल्दैछ यहाँ
सबै भन्छन यसको हकदार भएर

लुटपाट चोरी हत्या हुन्छ यहि देशमा
बुद्धभुमी भन्नु पर्छ लाचार भएर

Tuesday 7 April 2015

घमण्डको खोल तैंले ओढेर के पाइस
बाआमा र घरपरिवार छोडेर के पाइस

पराइले त छोड्छन तँलाई यति जान्दाजान्दै
फेरि उसको जिन्दगीलाई गोडेर के पाइस

सँगै ज्युने बाचा गरिस बनावटी माया सँग
आफ्नै बचन फेरि ब्यर्थै तोडेर के पाइस

एक्लो थिइस पहिले पनि फेरि भइस एक्लै
दुइचार दिनलाई मुटु तैंले जोडेर के पाइस

मन लाग्दै गरिस तैले यति बेर सम्म
भन्न `समय´ हजार मोड मोडेर के पाइस

गजल

Posted by Unknown | 08:40 Categories: ,

फुले पछि झर्छ फुल प्रकृतिको रित भन्छन
जिबनमाथी पाइरहन्छ सधैं मृत्यु जित भन्छन

भेट्नु   छुट्नु   जिबनमा हुन्छ   भइरहनेछ
छुटिहाले प्रेम यसलाई स्वभाबिक प्रित भन्छन

भबिस्य अन्धकार छ बिगत लाग्दछ प्यारो मेटिदैन भाबिको   निधारको गित   भन्छन

झर्नुपर्छ जिन्दगीमा कहिलेकाही अश्रुधारा
ताजा हुन्छ फुल पनि रातमा पर्दा शित भन्छन

जो काम गर्छ उसैले दोष पाउँछ म देख्दैछु
संसारमा कसैलाई गर्नुहुन्न हित भन्छन

Monday 6 April 2015

मन

Posted by Unknown | 04:13 Categories: ,

डढेर मन पनि खरानी भएको छ
पीर चिन्ता आँशुको सिरानी भएको छ

दुखमा नपरिन्जेल सच्चा साथ भन्थ्यो जो
डुब्दा म दुखमा उहि बिरानी भएको छ

जसले यो मुटु जोड्न हतार गरे
उसैबाट ढुकढुकी चिरानी भएको छ

जब देखि म भुमरीमा पर्न थालेँ
दुनिँयाको मै माथि निगरानी भएको छ

नसोच्दै भविष्यलाई जवानी साटेर
मलाई भर जुनीलाई हानी भएको छ

विविध

Posted by Unknown | 04:09 Categories:

DICTIONARY मात्र एउटा त्यस्तो ठाउँ हो जसमा 1. Death, Life भन्दा अगाडि आउछ ।
2. End, Start भन्दा अगाडि आउछ ।
3. Divorce, Marriage भन्दा अगाडि आउछ ।
4. Child, Parents भन्दा अगाडि आउछ ।
5. Evening, Morning भन्दा अगाडि आउछ ।
6. Result, Test भन्दा अगाडि आउछ ।
7. Destination, Struggle भन्दा अगाडि आउछ । 8. Dinner, Lunch भन्दा अगाडि आउछ ।
9. Doctor, Fever भन्दा अगाडि आउछ । केवल एउटा चीज़ Dictionary मा ठीक आउछ र त्यो हो 'FRIENDS' जुन Relatives भन्दा अगाडि आउछ ।

गजल

Posted by Unknown | 04:07 Categories:

गाऊँ र शहरको कुरा छुट्टै हुन्छ बिज्ञा
बाध्यता र रहरको कुरा छुट्टै हुन्छ बिज्ञा

सुख कल्पनाको पहाड हुन्छ सबको मनमा
पियुष र जहरको कुरा छुट्टै हुन्छ बिज्ञा

जीन्दगी यो पक्कै पनि अलि लामो होला
जीवन र एक प्रहरको कुरा छुट्टै हुन्छ बिज्ञा

सुख दुख जीन्दगीमा आउँछन अनि जान्छन
नदि र नहरको कुरा छुट्टै हुन्छ बिज्ञा

के सोचिन्छ जीन्दगीमा भइदिन्छ अर्कै
यथार्थ र रहरको कुरा छुट्टै हुन्छ बिज्ञा

गजल

Posted by Unknown | 04:03 Categories: ,

माग्दा माग्दै देशमा न्याय सकिएको छ
दोषी लाई हुन्छ भन्ने सजाय सकिएको छ

थियो त्यो जमाना न्याय नपाए गोर्खा जानू
इतिहास भो सिलसिला प्राय सकिएको छ

के बुझ्न खोज्नुहुन्छ न्याय बिहिन देशमा न्याय
केहि नबोली सरकारको राय सकिएको छ

बेथिति हट्ला अनि फेरि सुन्दर देश होला
जो थियो अब त्यो मनसाय सकिएको छ

कसरी बाँच्न सक्ने खै जिन्दगी यो देशमा
अब ज्युने मनको आशा हाय सकिएको छ

Sunday 5 April 2015

गजल

Posted by Unknown | 05:41 Categories: ,

रहरहरु गुम्सिएर मन भित्रै रहे प्रिया
कल्पनाका शहरहरु चकनाचुर भए प्रिया

कथा समान बनेको छ आजभोलि जिबन मेरो
खुशी परेलिको बाटो आँसुसँगै बहे प्रिया

थाह थिएन सोचिएन जिवन पनि यस्तो होला
तिम्रो बियोग मनमुटुले चुपचाप सहे प्रिया

परेली मेरो छुट्यौ तिमी ओभानो भएको छैन
बिगत सारा मनमा आउँछ भाब सारा बहे प्रिया

रमाउ तिमी सक्छौ त भुलिदेउ अतित सारा
कल्पनामै बाँच्छ तिम्रो यो एक्लो समय प्रिया

Friday 3 April 2015

गजल

Posted by Unknown | 02:51 Categories: ,

तलतल लाग्दा मुखमा लाउन पान भए पो मजा
सुस्त बोल्दा सुन्ने तिम्रा कान भए पो  मजा

भन्छौ तिमी बिदेशमा छौ रमाइलो गर
आफु सँगै यहाँ तिम्रो ज्यान भए पो मजा

के कमाउनु आफु मात्र भोको छ सडकमा
कमाएको अनुपातमा दान भए पो मजा

धन हुने सबको यहाँ कहाँ रहनु किर्ती
गरिब नै तर सबको सम्मान भए पो मजा

अस्तित्व नै गुम्न सक्ने खतरा छ हेर
निर्धक्क भै बाँच्न पाउने शान भए पो मजा

२८-०२-२०१४

Wednesday 1 April 2015

दुई चार दिन

Posted by Unknown | 05:03 Categories: ,

पाउनेछौ तिमीले मलाई बेर्न पर्ख दुइचार दिन
ति आँखाले आँखा भरी हेर्न पर्ख दुइचार दिन

नहुँदा म तिम्रो सामु यस्ता भाव लेख्छौ तिमी
साथै भए कस्तो हुन्छ केर्न पर्ख दुइचार दिन

दुइ जिवन एक धड्कन बाध्यता हो समयको
एकै धड्कन एकै स्वास फेर्न पर्ख दुइचार दिन

पाउनेछौ जहाँ  तहिँ साथ अब जुनि   भरि
न्यानोपनले यो मनलाई घेर्न पर्ख दुइचार दिन

प्रतीक्षाको फल मिठो पक्कै हुन्छ हेर्दै जाउ
नआउ आवेशमा आफु सेर्न पर्ख दुइचार दिन

०१-०४-२०१५

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube