Monday 16 May 2016

गजल

Posted by Unknown | 20:40 Categories: ,

पोख्नु हुन्न यी नयनमा ठुलठुला तालहरु छन
जिन्दगीमा सुल्झाउने अनेकन सवालहरु छन

बिछोडको भुमरीले मायाको घर उडाइदियो
मुटु ढाक्ने जसोतसो संझनाका पालहरु छन

रातदिनको पीडामा जल्दा जीवन  कति चल्ला?
मिठा मिठा कल्पनाका धेरै ती सालहरु छन

भेटिएन कोहि मनलाई यथार्थमा माया गर्ने
देखावटी माया दिने सामाजिक संजालहरु छन

भेदभावकै कठघरामा अझै कति बस्छ समाज?
फेरिए नि युग मनमा उही पुरानै पर्खालहरु छन

Saturday 14 May 2016

गजल

Posted by Unknown | 20:51 Categories: ,

खोजेको थिएँ तिम्रो साथ पाएँ अब ढुक्क भयो
तिमीलाई यो साथमा नै ल्याएँ अब ढुक्क भयो

जग्गे बिचका सम्बन्ध त छुटेका छन आँखै अघि
मनमै साथै ज्युने कसम खाएँ अब ढुक्क भयो

सयौँ जुनि किन चाहियो यहि जुनिमा तिम्रो हुँदा
मुटु धड्कन तिम्रै जिम्मा लाएँ अब ढुक्क भयो

इर्ष्या गर्ने  धेरै होलान हाम्रो यो मीठो माया देखि
बेवास्ता गरि तिम्रो हात समाएँ अब ढुक्क भयो

छिचोल्दै जिवनका रंग सम्हाल्दै त्यो जवानीलाई
प्रेमको गित तिमी सँगै गाएँ अब ढुक्क भयो

Friday 13 May 2016

गजल

Posted by Unknown | 20:32 Categories: ,

प्यार गर्नेहरुका उदाशी नजर छन
जवानी लुट्नेका प्यासी नजर छन

काट्न भएन कुरो घर परिवारको
बेहुलिका देख्दैछु दासी नजर छन

लुक्दैन प्रतिभा रबि जो नपुगुन
कर्मठ मनुष्यका साहसी नजर छन

उद्दण्ड लुक्दैन अधरले खोलिन्छ
हजारौँका सर्वत्र बदमासी नजर छन

बुढेशकालको सहारा भइदियो छोरो
दैवमा बाआमाका स्याबासी नजर छन

गजल

Posted by Unknown | 20:32 Categories: ,

रोशनी हरायो र सपना हरायो
मन यो हरायो र कल्पना हरायो

जसलाई मनबिच बाँध्नलाई खोजेँ
आँखा भो झिमिक्क गहना हरायो

भाग्यले एकदिन डोर्‍याउँछ सुखमा
सुनेथेँ लाग्दैछ लहना हरायो

अब के आशाले मन्दिर म जानू
भएको देवताको थपना हरायो

संसार जितौँला लाग्दैथ्यो जिवनमा
अब त बाँच्ने नै चाहना हरायो

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube