Tuesday 19 July 2016

गजल

Posted by Unknown | 20:24 Categories: ,

जसरी हाम्रो शिर बाट केश अलग हुन्न
हुन्न हिमाल पहाड बाट मधेश अलग हुन्न

स्वार्थ पूरा गर्नलाई जातियता ल्याइयो
साझा फुलबारी नेपाल संदेश अलग हुन्न

हामी स्वयं सचेत हुने बेला आएको छ
संसार रहे सम्म भाषा भेष अलग हुन्न

बगाएर पसिना पैसा देशमै भित्र्याउँछौँ
मुटुभरी माया देशकै बिदेश विशेष हुन्न

ज्यानको बाजि लगाउँछु थोपा रगतसम्म
मेची काली एकै सिंगो देश अलग हुन्न

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube