Tuesday 12 April 2016

गजल

Posted by Unknown | 23:06 Categories: ,

घर बनाउन दे सरकार राहत चाहिएको छैन
देश रित्याउने तेरो आदत चाहिएको छैन

नियमको अभाव बनाइ पालमुनि किन राख्छस
ठडिन्छ घर तेरो  लागत चाहिएको छैन

हाम्रो नाम बेची करोड थुपार्ने अरु नै छन
घरैभित्र अर्को स्वागत चाहिएको छैन

पुनर्निर्माण आयोग के लाई अनि किन ढिला
हामीलाई नियम बाधक चाहिएको छैन

जे छ जे छौँ सारा हामी आफैँमा पुर्ण छौँ
देखावटी तेरो लागत चाहिएको छैन।



२०७३-०१-०१

Monday 11 April 2016

आशा पूरा जीवनमा होस नयाँ सालको शुभकामना
शान्ति हरदम मनमा होस नयाँ सालको शुभकामना

प्रदुषित बिश्वकै हाम्रो राजधानी हुनुहुन्न अब
शुद्धता यो पवनमा होस नयाँ सालको शुभकामना

नबेचिउन मान्छेहरु पैसाको पछि लाग्दै अझै
मानवता हर धड्कनमा होस नयाँ सालको शुभकामना

मधेसी पहाडी भन्छौँ बुझौँ पहिले नेपाली हौँ
समानता हर नयनमा होस नयाँ सालको शुभकामना

बोलिको भरमा हुने भए यो देश स्वर्ग बन्थ्यो
पुर्णता नेता बचनमा होस नयाँ सालको शुभकामना

#समय
२०७२-१२-३०

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube