Saturday 31 October 2015

गजल

Posted by Unknown | 08:09 Categories: ,

माया कतै नलगाउनु हजुर भन्नूहुन्छ
मन कतै नभगाउनु हजुर भन्नुहुन्छ

स्वार्थी छ यो दुनियाँले रुवाउन सक्छ
साथ दिई नसघाउनु हजुर भन्नुहुन्छ

सुतेको छ  मन यहाँ माया प्रेम बिना
चन्चल मनले नजगाउनु हजुर भन्नुहुन्छ

जस्तो परोस दुखकष्ट दुनियाँका सामु
आँसु कहिले नबगाउनु हजुर भन्नुहुन्छ

भुलिदिनु सारा संसार जस्तै मैले भुलेँ
प्रेमले मेरो नअघाउनु हजुर भन्नुहुन्छ

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube