Saturday, 31 October 2015

गजल

Posted by Unknown | 08:10 Categories: ,

आउँछ कोहि जिन्दगीमा हात दिएर जान्छ
अलिअलि जवानीको मात दिएर  जान्छ

नाता नयाँ भइन्जेल हाइहाइ कति कति
थामिसक्नु हुन्न माया खात दिएर जान्छ

मान्नुपर्छ जे भने नि भनि दिन्छ प्यारो
मानिन्जेलको समय मात्र साथ दिएर जान्छ

सधैं भरी मन एकै नाश कहाँ हुन सक्नु
निहुँ खोज्छ अनि अनेक बात दिएर जान्छ

नपाइन्जेल पीयूष माया पाए पछि बीस
प्यासीले प्यास मेट्छ अनि घात दिएर जान्छ

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube