Saturday 31 October 2015

गजल

Posted by Unknown | 08:10 Categories: ,

आधारातमा अलिअली पिउँदैछु सराब यो
उनकै यादमा जिन्दगी बनाउँदैछु खराब यो

छुटेपछि उनिसँग साथ मेरो जिन्दगीको
मर्ने कि बाँच्ने एक्लै चल्दैछ टकराव यो

चारैतिर बाढी अनि बिचमा छु म उभिएको
यहाँ भन्दा हुनु छैन जिन्दगी धराप यो

छाल माथी नियतिको आएको जिवनमा
देख्दैछु म हिँड्ने बाटो जिन्दगीको घरबराव यो

आशा इच्छा मरिसके छैन एउटा पनि केही
भोग्दैछु जिन्दगीमा अनेक उतारचढाव यो

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube