Saturday 9 January 2016

गजल

Posted by Unknown | 17:31 Categories: ,

अक्सर यादहरु छन रुवाइदिने
आँशुहरु छन गला धुवाइदिने

जो निमेषभरमै छोडेर गइदिन्छन
अवसरवादी हुन कसम खुवाइदिने

साथ जुनि भरी दिन्छु भन्दै मनमा
वरिपरि छन चोटले छुवाइदिने

रोकिन्नन आँसु सकिन्न रहेछ
बग्यो नदि सरि जमिन नुहाइदिने

माया लाउँछन अनि दुर दुर भाग्छ्न
नजर सामुमा नै आँसु चुहाइदिने

Tuesday 5 January 2016

गजल

Posted by Unknown | 19:49 Categories: ,

को गर्दछ देशलाई माया हेर्छु म मनबाट
अनि के दिन चाह देशलाई जीवन बाट

नाम मात्रका देश भक्तिको घुइँचो छ देशमा
दिँदैछन तिलान्जली जनता आफ्नोपन बाट

अधिकार पाउन जीवन त्याग्न सक्छन बरु
पन्छिन्छन पुरै आफ्नो कर्तव्य बहन बाट

सिमा मिच्दा देश रुन्छ चिच्याउँछ सकेसम्म
बहिरा छन सायद सबै उठ्दैनन शयन बाट

खोक्रो नारा बजारमा छ गर्व छ नेपाली हुन
देशको लागि भाग्छन तर जीवन समर्पण बाट

Monday 4 January 2016

गजल

Posted by Unknown | 03:20 Categories: ,

मनमा अनगिन्ती आउने रहरको भर हुन्न
सजाएका कल्पनाको शहरको भर हुन्न

यो एक जिन्दगीको पलमा तिमी र म
जिन्दगीका हरेक पल प्रहरको भर हुन्न

तिमी भन्छौ साँचो माया मेरो तिमीलाई छैन
आफ्नै मनको कहिलेकाही ठहरको भर हुन्न

मनको इच्छा सधैं  व्यवहार बाटै थाह हुन्छ
भावना माथी जबरजस्ती कहरको भर हुन्न

उन्मत्त माद जवानीमा आउँछ एकबार सबैलाई
सम्हाल्नु पर्छ जवानीको नहरको भर हुन्न

गजल

Posted by Unknown | 03:20 Categories: ,

को भन्छ परदेशमा पैसाको बोट छ
भो नपत्याउ कोहि चोट माथी चोट छ

तिमी आफ्नो भाग्य नबिगार मेरो सुझाव
के गर्नु मेरो त भाग्य माथी खोट छ

उठाउन खोजे जीवन यहाँ आएरै पनि
थपिन्छ बोझ फेरि जिवन लोट छ

बसेर के गर्नु छ यहाँ  यी महलहरुमा
उता लड्न आँटेको मेरो घर गोठ छ

फर्किन्छु स्वदेशमै फलाउँछु सुन उतै
गर्ने कोहि देशमै मेरो अब अठोट

गजल

Posted by Unknown | 03:20 Categories: ,

यो जिन्दगी तिमीलाई दिएँ बन्धकी लौ
तिम्रै भर बाँचुन्जेल दिएँ जिन्दगी लौ

जे भन्छौ जे गर्छौ तिम्रो नै अधिकार भो
सहि होस या गलत चाहे दिएँ सम्मती लौ

मन मिले माया भए केके गर्छु भन्थ्यौ
गरौँ अब साथैमा छु हेरौँ प्रगती लौ

यो जिन्दगी सुम्पेपछी चाहे देउ तरबार धार
तिमी सँग पनि केहि राख्दिनँ बिमती लौ

Sunday 3 January 2016

गजल

Posted by Unknown | 05:19 Categories: ,

सिउँदोमा कसैको सिन्दुर देखेपछी रोएँ
तिमीले पराइको संघार टेकेपछी रोएँ

तिमी महलकी रानी मेरो झुप्रे संसार
माया धनको पर्खालले छेकेपछि रोएँ

गरेँ कोसिस सकेसम्म यहाँबाट उम्कन
नसकेर बिवशताले सेकेपछी रोएँं

नदेखे बेस हुन्थ्यो मन त फाट्ने थिएन
तिमीलाई बर्षौँ पछी भेटेपछि रोएँ

सोचेजस्तो भएन जीवन तिमी साथै ज्युने
बिधाताले कर्म यस्तै लेखेपछी रोएँ

गजल

Posted by Unknown | 05:19 Categories: ,

आजभोली यो जिन्दगी मरे जस्तै भा छ
बन्दी भा छ जेल भित्रै परे जस्तै भा छ

बिगतलाई संझनामा केवल ल्याउँदा मात्र
अंगअंग दुख्छ जीवन झरे जस्तै भा छ

यो मन नै मन सँग छैन साथ पाउँदिन
आजभोलि मन अन्तै सरे जस्तै भा छ

खुशीको वहार ल्याउँछु भन्थेँ जीवनमा
हाँसो मेरो ओठ बाटै हरे जस्तै भा छ

माया थियो कसैको जिन्दगीमा थोरै
पाइएन साथ यो जुनिलाई टरे जस्तै भा

Friday 1 January 2016

गजल

Posted by Unknown | 07:52 Categories: ,

छोडेर आजै आउ मेरो पास भन्छिन
मेरि प्रीया कति देखाउँछौ आश भन्छिन

यहाँ आफू बन्धक झैँ बस्नु परेको छ
उता बाट कतिन्जेल बस्या दास भन्छिन

हे प्रीये आउनलाई अब नगर्नुस है ढिला
पछुतो नमान्नु देखि मेरो लास भन्छिन

धेरै भो छुटेको अब बाँच्नै पो गाह्रो भो
नदेख्दा हजुर फेर्नलाई सारो सास भन्छिन

हजुरलाई नदेखी जीवन जाला झैँ भा छ
नगर्नु यो बढी अब समय नाश भन्छिन।

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube