Thursday 16 July 2015

सपना

Posted by Unknown | 04:30 Categories: ,

आँखा भरी सपना त्यो तिम्रै छ हेर
मन भरी कल्पना त्यो तिम्रै छ हेर

मैले पुजा गर्ने मेरो मनको मन्दिरमा
देख्ने छौ है थपना त्यो तिम्रै छ हेर

माया गरेको मान्छे सुखी सधैं रहुन
हरकदम शुभकामना त्यो तिम्रै छ हेर

तिमी मेरो हुन्छौ हुन्नौ त्यो त थाह छैन
तर मनमा याद घना त्यो तिम्रै छ हेर

कौतुहलता भो मनमा हेराएँ ज्योतिषीलाई
देखि ल्याए लहना त्यो तिम्रै छ हेर

गजल

Posted by Unknown | 04:28 Categories: ,

यादहरु मनमा आइदिन्छन बिनाकारण
निराशा जिबन्मा छाइदिन्छन बिनाकारण

मलाई जुन छ ब्यथा मुटु पोल्ने रातमा
आँसु यी बदनमा धाइदिन्छन बिनाकारण

मेरो कथा हो या उसको आफ्नै कथा गायक
मन्दमन्द पवनमा गाइदिन्छन बिनाकारण

पराइ त दुर छन मलाई किन वास्ता गर्थे
आफन्तैले अमनचयन खाइदिन्छन बिनाकारण

माया जसलाई म गर्छु जिन्दगीमा चोखो
उही चोट मनमा गराइदिन्छन बिनाकारण

गित

Posted by Unknown | 04:28 Categories: ,

हेर मलाई तिम्रो त्यो नजरले हेर
झिम्क्याउँदै परेली त्यो अधरले हेर
माया मेरि माया तिमीलाई चोखो माया
हुनेछु म जुनि भरी केवल तिम्रै छाँया

ज्युनलाई जुनिभरी साथ तिमी खोजेँ
हजारौंमा मेरि प्यारी तिमीलाई रोजेँ
हेर्छौ त हेर नयन सदरले हेर
झिम्क्याउँदै परेली त्यो अधरले हेर

हाम्रो यो जिन्दगीमा माया बनाउँ निर्मल
मन मिले स्वर्ग बन्छ यहि जुनि सफल
हेर मलाई एकबार रहरले हेर
झिम्क्याउँदै परेली त्यो अधरले हेर

Wednesday 8 July 2015

गजल

Posted by Unknown | 19:39 Categories: ,

सबै मान्छे जगतमा दिलदार भेटिँदैन
हो अनि साँच्चै  सबै उदार भेटिँदैन

आफ्ना नै जिबनमा काँडा बनिदिन्छन
पराइको मात्र सबै प्रहार भेटिँदैन

नौनी पनि मनमा पसि छुराले झैँ गर्छ
घाउ पार्ने तिखा मात्र धार भेटिँदैन

चोट दिन्छन गनि गनि मनकै साथहरु
जानी जानी घाउ बनाउने तरबार भेटिँदैन

सोचेजस्तो जिन्दगी भइदिए कहाँ यस्तो
जिबनका हजार सपना साकार भेटिँदैन

गजल

Posted by Unknown | 19:39 Categories: ,

देश दुखेको छ मेरो मन दुखेको छ
संक्रमण छ मेरो सारा जीवन दुखेको छ

शान्तिसँग डुल्न पनि पाइएन भन्दै
सास फेर्ने वरिपरि पवन दुखेको छ

मल्हम लगाइ घाउ निको पार्ने चेष्टा गरेँ
असफल भए घाउ त झन झन दुखेको छ

बुद्धको देश हिजोको युद्ध भुमी बन्दा
संसार चिनाउने आफ्नोपन दुखेको छ

पिडालाई कसरी म शमन गर्न सकुँ
हृदयको सारा मेरो कम्पन दुखेको

गजल

Posted by Unknown | 19:39 Categories: ,

सहर प्यारो लाग्थ्यो तिमी थियौ र पो
रहर प्यारो लाग्थ्यो तिमी थियौ र पो

बाँच्न साथै मर्न पनि साथ दिने हुँदा
जहर प्यारो लाग्थ्यो तिमी थियौ र पो

जुनि यसरी बित्ला सारा जीवन भरी
ठहर प्यारो लाग्थ्यो तिमी थियौ र पो

रिसाउँदा घुर्की लाउँदा फकाउने तिम्रो
कहर प्यारो लाग्थ्यो तिमी थियौ र पो

दुख जस्तै नहोस जिन्दगीमा नै किन
सफर प्यारो लाग्थ्यो तिमी थियौ र पो

Tuesday 7 July 2015

गजल

Posted by Unknown | 19:24 Categories: ,

सबै मान्छे जगतमा दिलदार भेटिँदैन
हो अनि साँच्चै  सबै उदार भेटिँदैन

आफ्ना नै जिबनमा काँडा बनिदिन्छन
पराइको मात्र सबै प्रहार भेटिँदैन

नौनी पनि मनमा पसि छुराले झैँ गर्छ
घाउ पार्ने तिखा मात्र धार भेटिँदैन

चोट दिन्छन गनि गनि मनकै साथहरु
जानी जानी घाउ बनाउने तरबार भेटिँदैन

सोचेजस्तो जिन्दगी भइदिए कहाँ यस्तो
जिबनका हजार सपना साकार भेटिँदैन

Monday 6 July 2015

स्वागत

Posted by Unknown | 12:14 Categories: ,

तिमीलाई दिलको बारीमा स्वागत
मेरै नयन वारि पारीमा स्वागत

चन्चलता कामुकतामा नआउ भेट्न
हरपल सारी चोलिमा स्वागत

बन्दकोठा अस्मिता कहाँ सुरक्षीत छ
चौतारी भञ्ज्याङ् छहारीमा स्वागत

न पोखियोस बैँस जवानी क्षणभरमा
तिमीलाई लजालु नारीमा स्वागत

झिम्क्याउँदा परेली तिमीले मलाई
खोलुन नयन लुकामारीमा स्वागत

गजल

Posted by Unknown | 12:13 Categories: ,

मेरो माया झुट थियो कि समयले भन्छ
भेल थियो कि अटुट थियो समयले भन्छ

लगाउँछौ अहिले आरोप छुटी गए पछि
निश्चल थियो कि कर्तुत समयले भन्छ

बेइमानी तिम्रा त मैले हजार पाएको छु
निराधार थियो कि सबुत समयले भन्छ

माया गर्ने बहानामा यो मनमा जे जे गर्‍यौ
अभ्यास थियो कि लूट समयले भन्छ

भन्न त जे नै भन्न सक्छौ माया मारेपछी
छोडनु मनमा फुट थियो कि समयले भन्छ

Saturday 4 July 2015

गीत

Posted by Unknown | 08:38 Categories: ,

मन दिन्छु मन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

तिमीलाई सधैं हेर्न म मन पराउने
हेर्दाहेर्दै कल्पना सागरमा हराउने
नयन दिन्छु नयन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

जुनि जुनी तिमीलाई चोखो माया गर्छु
फुल्दा तिमी सँगै अनि तिमी सँगै झर्छु
वचन दिन्छु वचन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

न त तिमी जुन हौ न त तिमी  धुन
मलाई भने लाग्ने मन तिम्रै पास हुन

मागौँ त दैब सँग केवल तिम्रै साथ
के गर्नु र तिमी बिना हिर्स मोति सुन

धनसम्पत्ती दौलत सारा भएर नै के र
चाहिन्छ चौरासी ब्यन्जन माथी नुन

तास या मलमलमा सजिनु नि ब्यर्थ
ढाक्न पाए पुग्यो शरीर लिइकन उन

माया यो तिमीलाई जुनिजुनी सम्म
तिम्रै नाममा बग्ने गर्छ शरीरमा खुन

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube