Wednesday 8 July 2015

गजल

Posted by Unknown | 19:39 Categories: ,

देश दुखेको छ मेरो मन दुखेको छ
संक्रमण छ मेरो सारा जीवन दुखेको छ

शान्तिसँग डुल्न पनि पाइएन भन्दै
सास फेर्ने वरिपरि पवन दुखेको छ

मल्हम लगाइ घाउ निको पार्ने चेष्टा गरेँ
असफल भए घाउ त झन झन दुखेको छ

बुद्धको देश हिजोको युद्ध भुमी बन्दा
संसार चिनाउने आफ्नोपन दुखेको छ

पिडालाई कसरी म शमन गर्न सकुँ
हृदयको सारा मेरो कम्पन दुखेको

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube