Wednesday 8 July 2015

गजल

Posted by Unknown | 19:39 Categories: ,

सहर प्यारो लाग्थ्यो तिमी थियौ र पो
रहर प्यारो लाग्थ्यो तिमी थियौ र पो

बाँच्न साथै मर्न पनि साथ दिने हुँदा
जहर प्यारो लाग्थ्यो तिमी थियौ र पो

जुनि यसरी बित्ला सारा जीवन भरी
ठहर प्यारो लाग्थ्यो तिमी थियौ र पो

रिसाउँदा घुर्की लाउँदा फकाउने तिम्रो
कहर प्यारो लाग्थ्यो तिमी थियौ र पो

दुख जस्तै नहोस जिन्दगीमा नै किन
सफर प्यारो लाग्थ्यो तिमी थियौ र पो

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube