Thursday 16 July 2015

गजल

Posted by Unknown | 04:28 Categories: ,

यादहरु मनमा आइदिन्छन बिनाकारण
निराशा जिबन्मा छाइदिन्छन बिनाकारण

मलाई जुन छ ब्यथा मुटु पोल्ने रातमा
आँसु यी बदनमा धाइदिन्छन बिनाकारण

मेरो कथा हो या उसको आफ्नै कथा गायक
मन्दमन्द पवनमा गाइदिन्छन बिनाकारण

पराइ त दुर छन मलाई किन वास्ता गर्थे
आफन्तैले अमनचयन खाइदिन्छन बिनाकारण

माया जसलाई म गर्छु जिन्दगीमा चोखो
उही चोट मनमा गराइदिन्छन बिनाकारण

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube