Monday 6 July 2015

गजल

Posted by Unknown | 12:13 Categories: ,

मेरो माया झुट थियो कि समयले भन्छ
भेल थियो कि अटुट थियो समयले भन्छ

लगाउँछौ अहिले आरोप छुटी गए पछि
निश्चल थियो कि कर्तुत समयले भन्छ

बेइमानी तिम्रा त मैले हजार पाएको छु
निराधार थियो कि सबुत समयले भन्छ

माया गर्ने बहानामा यो मनमा जे जे गर्‍यौ
अभ्यास थियो कि लूट समयले भन्छ

भन्न त जे नै भन्न सक्छौ माया मारेपछी
छोडनु मनमा फुट थियो कि समयले भन्छ

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube