Monday 23 February 2015

गजल

Posted by Unknown | 19:44 Categories: ,

मन पर्छ कोहि खास अन्जानमा
अनि गर्छ मनमा बास अन्जानमा

आइरहन्छ याद भुल्न खोज्छ मन
उसकै नाम फेर्छ सास अन्जानमा

मोहनी लायो कि जादु थाहा छैन
भयो भोकप्यास नास अन्जानमा

गोलो छ यदि यो दुनियाँ भने म
भेट्छु उ फेरि छ आस अन्जानमा

दुनियाँ यो सारा भुल्ने थिएँ स्वर्ग
भाग्यले भइदिए उ पास अन्जानमा

24-02-2015

Saturday 21 February 2015

भाव

Posted by Unknown | 19:49 Categories:

मेरो देश
जहाँ एकातिर शान्तीको कामना गर्दै सेता परेवा उडाइन्छ
बिडम्बना नजिकै बन्दुक बन्दै छन
सेता परेवा सँगै आकाशमा बाजको पनि कमि छैन जो परेवा मारेर खुशी हुन चाहन्छ
आक्रमण गर्छ बारबार
रन्थनिन्छ परेवा
सुस्ताउँछ शान्ती
शिथिल तर मरेको छैन
यस्तै मेरो देशको शान्ती
जो यहीँबाट सुरु भयो अनि
अनि अन्त्य गर्न यसैका सन्तती लागेका छन
ए नवयुगका पाखुरा हो
अब तिमीहरूले चिन्नु पर्छ
जरुरी छ
बाज मार्नु पर्छ
सेता परेवा उडाउनु छ
फुलाउनु छ शान्ती
बन्दुकलाई भाँच्नु छ
अनि आउनेछ शान्ती
जो तिम्रो पुस्तालाई अनिवार्य छ

गजल

Posted by Unknown | 04:19 Categories: ,

हाम्रो पनि अब गित हुनेछ
जब तिम्रो मेरो प्रित हुनेछ

सबैलाई छुटाउन खोज्छ समाज
उहि हाम्रो मायामा रित हुनेछ

सफलता मिल्छ कि मिल्दैन हेरौं
माया गरिरहनु नै हित हुनेछ

काँढा बन्नेछ मुटुमा छुटिए हामी
हरपल अनि नयनमा शित हुनेछ

जिन्दगी ज्युनुको स्वाद मायामा
गरौं कोशिस मायाको जित हुनेछ

गजल

Posted by Unknown | 04:19 Categories: ,

न छ आफ्नै यहाँ भगवान कसैको
न थियो राम यहाँ रावण कसैको

कामको गुण र अवगुण हेर्छ दुनियाँ
यसै लिदैँन  दैब प्राण कसैको

कर्मको परिणाम मिल्नेछ एकदिन
यदि गर्दैछौ त अपमान कसैको

मतलबी छ संसार हरेक अर्थमा
आफु अघि गराइ बदनाम कसैको

खोज्ने मात्र हैन पाउँदा लिन सक्नुपर्छ
भेट्दा मिल्ने आफुलाई सम्मान कसैको

गजल

Posted by Unknown | 04:18 Categories: ,

नजिक जान्छु टाढा सर्छे रिसाएर हेर्छे
मनको माया सारा अन्तै बिसाएर हेर्छे

मेरि एउटि मायालु छ कोमल हृदयकी
टाढा सर्दा नजर नजर टिकाएर हेर्छे

भेट नभए उ संग मेरो मैले सुनें कतै
छ तस्बिर मेरो उ छेउ आएर हेर्छे

माया छ म प्रती पर्देशिन्छु भन्दा
प्यार साथै घुर्की पनि मिसाएर हेर्छे

माया गर्छे मलाई कति छुट्टिन्छु म भन्दा
माया लाग्छ आँशुले गह भिजाएर हेर्छे
21-02-2015

गजल

Posted by Unknown | 00:05 Categories: ,

यो परदेशीको यहाँ कथा अलग छ
गाउँ अनि बेशिँको कथा अलग छ

मान्छे मान्छे प्रेम हुन्छ भन्छौ तिमि
यता बिदेशीको कथा अलग छ

जानी जानी हात कसले पो कटाउने
हात संगै चुलेसीको कथा अलग छ

हाँस्दा देख्छौ मलाई स्वर्गै समानमा
मनको बलेशीको कथा अलग छ

घर बसि नेपाल देख्नु नितान्त फरक
मक्का अनि हलेशिको कथा अलग छ

Friday 20 February 2015

गजल

Posted by Unknown | 02:22 Categories: ,

के हेर्दैछ अझै देशमा सरकारले
ढाकेको सारा देश अन्धकारले

बुद्धको देशमा कस्तो मन भेटिन्छ
शान्ती ल्याउँछु भन्छन तरबारले

बामे सर्ने बालक एकदिन दौडिनेछ
निखार ल्याउँछ एकदिन लगातारले

परिपक्वता भन्ने आकारमा हुन्न
सारा सिकाउँछ जिवनमा व्यबहारले

संसार छोडी त्यागी बन्न मन छ अब
हत्या बलात्कार मात्र लेख्छ समाचारले

Wednesday 18 February 2015

गजल

Posted by Unknown | 02:40 Categories: ,

मन दुख्दा आँशु दाना झर्छ किन होला
उनि चुपचाप मनमा पिर पर्छ किन होला

जति जति मायालु म बाट टाढा हुन्छिन
यो मन उतिउती नजिक सर्छ किन होला

देखाएर खुशी लहर जिन्दगीमा दैव
अनि खुशी बिधाताले हर्छ किन होला

चाहना मनभित्र कति छ यो जिन्दगिको
निराशा मै एकाएक टर्छ किन होला

भेट्टाइन्छ रमाइन्छ संबेग कति कति
समयले छुटाउने खेल गर्छ किन होला

गजल

Posted by Unknown | 01:37 Categories: ,

जब मनपरि चलाउँछ सरकार यहाँ
देश जोगाउन निकाल्नेछु तरबार यहाँ

कतिसम्म लाचार भयौं हामी जनताहरु
के पाउँदैछौँ फालेर दरबार  यहाँ

लेखिन शुरूवात भएको छैन अझै
कस्तो आउँदैछ संबिधान प्रकार यहाँ

सानो देशलाई टुक्राटुक्रा पार्न खोज्दै
कस्तो बनाउनु छ देशको आकार यहाँ

स्वार्थमा डुबेका सारा नेताहरु यिनै
उठ हुन्न  हाम्रो सपना साकार यहाँ

Sunday 15 February 2015

♥ For You...

Posted by Unknown | 15:31 Categories:

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube