Sunday 12 June 2016

गजल

Posted by Unknown | 20:25 Categories: ,

जिन्दगी यो सपना भइदिए मात्र हुन्थ्यो
दुख कोरा कल्पना भइदिए मात्र हुन्थ्यो

यथार्थ भएपनी मलाई उनको न्यानो साथ
दैवको केवल रचना भइदिए मात्र हुन्थ्यो

असम्भव छ हरपल भेट्न आउ म भन्दिनँ
उनको मनमा याद घना भइदिए मात्र हुन्थ्यो

ढिलो चाँडो मात्र हो मायामा मिलन हुन्छ
उनमा यहि चाहना भइदिए मात्र हुन्थ्यो

यो मनमा भेट्ने चाह अदभूत बढि दिँदा
भेटाइदिने एक लहना भइदिए मात्र हुन्थ्यो।

गजल

Posted by Unknown | 20:25 Categories: ,

मनमा अर्को कोहि छैन धरोधर्म तिम्रो कसम
मेरो माया झुठो हैन धरोधर्म तिम्रो कसम

बाँच्न तिमी बिना म सक्दिनँ भन्दिनँ म
तर मनमा हुन्न चैन धरोधर्म तिम्रो कसम

जबदेखी माया गरेँ भर जुनि गरि रहहन्छु
यतिन्जेल अर्काको भइनँ धरोधर्म तिम्रो कसम

बिश्वास गर बिग्रीएको छैन तिम्रो त्यो समय
सोचाइमा नि अन्त गइनँ धरोधर्म तिम्रो कसम

पत्थर जस्तै बनिदिन्छ धेरैलाई यो हृदय
तिम्रै लागि हरपल मैन धरोधर्म तिम्रो कसम

गजल

Posted by Unknown | 20:25 Categories: ,

तिमीलाई सातै जुनि माग्थेँ यदि पुग्थ्यो भने
यो जिन्दगी तिम्रै लागि भाक्थेँ यदि पुग्थ्यो भने

मेरो मनको ठूलो चाह तिम्रो मुहारमा खुशी
आफैँलाई बन्धकी म राख्थें यदि पुग्थ्यो भने

छाला भित्र हाड अनि उसैभित्र भाग्य भन्छन्
भाग्यलाई पटकपटक चाख्थेँ यदि पुग्थ्यो भने

पाउन नसकिने रहेछ भाग्य भन्दा धेरै यहाँ
पाउन भाग्य निरन्तर लाग्थेँ यदि पुग्थ्यो भने

संस्कृतिका बन्देज हरु छरपष्ट हुँदाहुँदै
चाहनामा तिम्रो सारा नाघ्थें यदि पुग्थ्यो भने

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube