Saturday 18 March 2017

गजल

Posted by Unknown | 19:12 Categories: ,

जिस्काउँदै गर मायामा फसेपछी थाह होला
यो मन पनि सागरै हो खसेपछी थाह होला

चन्चल भाव तिम्रो पनि अनि गम्भीर बन्नेछ
ती ओठमा यी ओठ मेरा धसेपछी थाह होला

गएपछि कहिले पनि फर्कनलाई कोहि सक्दैन
बुझ्छ्यौ तिमी यो मनभित्र पसेपछि थाह होला

चुपचाप म बस्दा खेरी नामर्द नै भन्न खोज्छ्यौ
को हुँ आलिंगनमा च्याप्पै कसेपछी थाह होला

यौवन के हो भन्दै घरिघरि तिमी सोध्दै छौ नि
तिमी र म एकान्तमा बसेपछि थाह होला।।

०१-०२-२०१७

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube