Friday 21 August 2015

गजल

Posted by Unknown | 08:05 Categories: ,

पिपल साथ वर नहुँदा सुहाएन कता कता
यो मन तिम्रो घर नहुँदा सुहाएन कता कता

माया त गर्छौँ भन्छौ हामीहरु एकअर्कामा
बिस्वासको चर नहुँदा सुहाएन कता कता

सफल बन्न सम्बन्धमा बिश्वास हुनुपर्छ
यो मायामा डर नहुँदा सुहाएन कता कता

जातपात भेदभाव भन्नू हुन्न पिरतीमा
अमर प्रेम थर नहुँदा सुहाएन कता कता

बिश्वास सोह्रै आना छ मेरो तिमी प्रती
त्यो मनमा भर नहुँदा सुहाएन कता कता

गजल

Posted by Unknown | 07:59 Categories: ,

रहर पूरा हुन्न कान्छी कल्पनामा नाच्छौ किन
पूरा हुनै गारो पर्ने खुशी हरु साँच्चौ किन

मनले मनलाई खुशी बनाउन सक्नुपर्छ
उसको भन्दा मेरो खुशी कम छ दाँज्छौ किन

मुटुको मेरो प्यार हो देखावटी कत्ती हैन
कहिलेकाहीँ नजाने झै मेरो माया दाँज्छौ किन

पलाएका अलिअली खुशीलाई साँच्दै राख
एकैबार खुशी पाउन खुशी मुना भाँच्छौ किन

ठुलो आशा बिनाको नै जीवन ज्युन सहज छ
घाँटिभन्दा हाड ठुलो लिइकन बाँच्छौ किन

गजल

Posted by Unknown | 07:46 Categories: ,

सपना थियो तिमी सँग सफर जिन्दगीको
सजाएथेँ  कल्पनामा घर   जिन्दगीको

दुख सुख सारा पलमा तिमी साथ सम्झी
मानेको थिएँ तिमी एउटै भर जिन्दगीको

जीवन भन्नू माया नै हो माया भन्नू तिमी
तिम्रो माया थियो  ज्युने चर जिन्दगीको

तिम्रो मायामा यो संसार भुलेको थिएँ
शंका थियो केवल मायाको डर जिन्दगीको

दैवसँग मागेको थिएँ मात्र तिमी सँग साथ
मिल्यो तिमी बाहेक मागेको वर जिन्दगीको

यो साथ नौलो सम्झिएँ तिमीलाई
यो रात नौलो सम्झिएँ  तिमीलाई

ती कोमल मुलायम यो शरीरमा कुदने
यो हात नौलो सम्झिएँ  तिमीलाई

डुबि भावनामा गर्ने मायारुपी कुराहरु
यो बात नौलो सम्झिएँ तिमीलाई

मन यो समाजलाई अर्पण छोड्दा खेरी तिमी
यो घात नौलो सम्झिएँ  तिमीलाई

सराव हैन पिरतीमा छुट्दाखेरी साथ
यो मात नौलो सम्झिएँ  तिमीलाई

रहरै रहरले

Posted by Unknown | 07:33 Categories: ,

म बिग्रीएँ मनको कहरै कहरले
सपनाको सुन्दर रहरै रहरले

मेरो गन्ति पर्दैन यी मान्छेहरुमा
बनेका यी मान्छेहरुका शहरै शहरले

पाउँदिन उम्किन म यो जिवनबाट
अख्तियारी गर्छ मलाई प्रहरै प्रहरले

साँच्चै नमर्ने रहेछ चाहेको बखतमा
धोका दियो मलाई जहरै जहरले

खुशीमा यो जिन्दगी ज्युने भन्दाभन्दै
डुबाइरहेछ आँशुको नहरै नहरले

Sunday 16 August 2015

अन्त कतै

Posted by Unknown | 11:42 Categories: ,

शहर छोडी मेरि माया नजाउ न अन्त कतै
मुटु छोडी मेरि माया नलाउ न अन्त कतै

साक्षी छन ती देउरालीका पिपलु र वर
सँगै ज्युने बाचाकसम नखाउ न अन्त कतै

तिमी पाए मन मेरो यसै स्वर्ग छ समान
यो मन छोडी मेरि माया नछाउ न अन्त कतै

भेट हुँदा पिरतीका गरौंला मिठा कुरा
दुनियाँले सुन्छ गित नगाउ न अन्त कतै

हरदिन हर रात मेरो मन छ तिमीसँग
बुझ माया तिमी बिन्ती नधाउ न अन्त कतै

समय लाग्छ

Posted by Unknown | 11:42 Categories: ,

तिम्रो मेरो सम्बन्धको कुरा हुन समय लाग्छ
हर एकको सपना यहाँ पूरा हुन समय लाग्छ

निरन्तर नै लाग्नुपर्छ सफलताको बिन्दु भेट्न
खुकुरीलाई घोटेर पनि छुरा हुन समय लाग्छ

दुख पछी सुख हुन्छ सुख पछी दुख चक्र
अहिलेको शासक पनि बुरा हुन समय लाग्छ

समयको महत्त्व छ पर्खाइमा बुझ प्रीये
मेरो नामको सिन्दुर पोते चुरा हुन समय लाग्छ

गर्नुहुन्न प्रेम भन्छ संकुचित छ हाम्रो समाज
यहाँ हामी जस्तै अरु सुरा हुन समय लाग्छ

अहिले राम जन्माएर देखाउ भगवान अनि पो जय हुन्छ
मनमनमा तिम्रो नाम लेखाउ भगवान अनि पो जय हुन्छ

स्त्री लम्पट कृष्णहरु त यो युगमा कति छन कति
कोहि यस्तो भीष्म पठाउ भगवान अनि पो जय हुन्छ

खै तिम्रो मौनताले के पाउन सकेको छ र
आफू प्रकट भइ संकट हटाउ भगवान अनि पो जय हुन्छ

जो हजुरको नाम लिन्छ असहाय निमुखा तीनै
सारा तिनको दुख मेटाउ भगवान अनि पो जय हुन्छ

सत्य सोचमै सिमित छ झुटले सिमा नाघ्यो
रोकाउ झुट छेकाउ भगवान अनि पो जय हुन्छ

म याद हराएको मान्छे हात हराएको मान्छे
कसले आवाज सुन्छ बात हराएको मान्छे

जल्दोबल्दो नै सबैको नजिक हुन्छ माया पाउँछ
कसको मस्या पाउ म यहाँ जात हराएको मान्छे

दम्भको आवाज बिक्छ मदहोसी नै टिक्छ
जाओस कोहि याद छैन म मात हराएको मान्छे

बेचैनी छ यो जिन्दगी आत्मा शान्ति छैन
दिन बितेर निद छैन रात हराएको मान्छे

जिन्दगी के मजा छ र एक्लै जिउनुमा
कसैलाई के चासो छ म साथ हराएको मान्छे

आफ्नै

Posted by Unknown | 05:11 Categories: ,

हो हरेक सम्बन्धमा बिश्वास हुनुपर्छ
मन देखि मनको नाता खास हुनुपर्छ

यथार्थ जे छ बुझोस एक अर्काले
शंकाको खाडल मनको नाश हुनुपर्छ

भाग्यमा जे छ मेटिन्न कसै गरिकन
छैन तिमी र म धर्ति आकाश हुनुपर्छ

सुन्यौ मेरो बिगतमा केही खोट पक्कै
बुझ मान्छे नियतीको दास हुनुपर्छ

तिमी त पबित्र फुल हौ म नछोउलाँ
तर मनले भन्छ तिमी पास हुनुपर्छ

नयाँ राष्ट्र गान

Posted by Unknown | 00:17 Categories:

केपि ओलि,पुष्पकमल,कोइराला सुशील
एउटै देश छ चिरा भो कति ठुलो त्यो दिल

मिलि बस्ने नेपालीमा काटमार गरायौ
जनयुद्ध भन्दै पहिले सत्र हजार मरायौ

मधेशीका सिंह बने गच्छदार बिजय
नेपालीलाई आफ्नै देश बस्नलाई छ भय

कालापानी,सुस्ता बेच्यौ,बेच्यौ सुन्दर लिपुलेक
पहाडसँग बिच्छेद गर्न खोज्दैछौ तराई मधेस

कसो गरि देश लुटौँ सबै नेताको ताल
गरिबीमा एक नम्बर जय जय नेपाल

समय

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube