Sunday 16 August 2015

अहिले राम जन्माएर देखाउ भगवान अनि पो जय हुन्छ
मनमनमा तिम्रो नाम लेखाउ भगवान अनि पो जय हुन्छ

स्त्री लम्पट कृष्णहरु त यो युगमा कति छन कति
कोहि यस्तो भीष्म पठाउ भगवान अनि पो जय हुन्छ

खै तिम्रो मौनताले के पाउन सकेको छ र
आफू प्रकट भइ संकट हटाउ भगवान अनि पो जय हुन्छ

जो हजुरको नाम लिन्छ असहाय निमुखा तीनै
सारा तिनको दुख मेटाउ भगवान अनि पो जय हुन्छ

सत्य सोचमै सिमित छ झुटले सिमा नाघ्यो
रोकाउ झुट छेकाउ भगवान अनि पो जय हुन्छ

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube