Wednesday 23 May 2018

गजल

Posted by Unknown | 22:43 Categories:

जति सम्हाल्यो उति बिग्रन्छ घर छक्क पर्छु

मान्छेको पुर्खा हो रे यो बाँदर छक्क पर्छु


जवानीभरी सोचिन्छ घरबार एक जना सँग

अर्कैसँग भइदिन्छ जीवन सफर छक्क पर्छु


रुप हेरेर हैन मन हेरेर माया गर्छु भन्नेले नै

किन लाउँछ यो अधरमा नजर छक्क पर्छु


मर्दा सम्म पनि जसले साथ देला जस्तो हुन्छ

बाँच्दा उसैले पार्दिन्छ अभर छक्क पर्छु


महंगी छ धुलो छ समस्या छ सबैथोकको

अझै किन बस्छ मान्छे सहर छक्क पर्छु।।


गजल

Posted by Unknown | 22:40 Categories:

मर्दैन मान्छे केवल धड्कन नभएर

जान्छ मनमा भुकम्प कम्पन नभएर


मान्छेहरु खुशी सुखी कहिल्यै देखिनँ

भएर पनि कति कति निर्धन नभएर


यो सृष्टि बुझ्ने त भित्री मनले न हो

हुँदैन कोहि पनि अन्धो नयन नभएर


आफू श्रेष्ठ हुन लाई त दुख झेल्नै पर्छ

सुन पनि त हुँदैन शुद्ध जलन नभएर


जनक बुद्ध देशमा कति छन् कति छन् 

गर्भमै छन् तर ती उत्खनन नभएर।।

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube