सबै मान्छे जगतमा दिलदार भेटिँदैन
हो अनि साँच्चै सबै उदार भेटिँदैन
आफ्ना नै जिबनमा काँडा बनिदिन्छन
पराइको मात्र सबै प्रहार भेटिँदैन
नौनी पनि मनमा पसि छुराले झैँ गर्छ
घाउ पार्ने तिखा मात्र धार भेटिँदैन
चोट दिन्छन गनि गनि मनकै साथहरु
जानी जानी घाउ बनाउने तरबार भेटिँदैन
सोचेजस्तो जिन्दगी भइदिए कहाँ यस्तो
जिबनका हजार सपना साकार भेटिँदैन








आजको नेपाली विनिमय दर
0 comments:
Post a Comment