Saturday 4 July 2015

गीत

Posted by Unknown | 08:38 Categories: ,

मन दिन्छु मन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

तिमीलाई सधैं हेर्न म मन पराउने
हेर्दाहेर्दै कल्पना सागरमा हराउने
नयन दिन्छु नयन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

जुनि जुनी तिमीलाई चोखो माया गर्छु
फुल्दा तिमी सँगै अनि तिमी सँगै झर्छु
वचन दिन्छु वचन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube