Thursday 16 July 2015

सपना

Posted by Unknown | 04:30 Categories: ,

आँखा भरी सपना त्यो तिम्रै छ हेर
मन भरी कल्पना त्यो तिम्रै छ हेर

मैले पुजा गर्ने मेरो मनको मन्दिरमा
देख्ने छौ है थपना त्यो तिम्रै छ हेर

माया गरेको मान्छे सुखी सधैं रहुन
हरकदम शुभकामना त्यो तिम्रै छ हेर

तिमी मेरो हुन्छौ हुन्नौ त्यो त थाह छैन
तर मनमा याद घना त्यो तिम्रै छ हेर

कौतुहलता भो मनमा हेराएँ ज्योतिषीलाई
देखि ल्याए लहना त्यो तिम्रै छ हेर

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube