Monday 2 November 2015

गजल

Posted by Unknown | 05:20 Categories: ,

मनमा थियो थोरै माया त्यो पनि जलेछ कि
एक्लो सुरमा हिँड्दा हिँड्दै जिन्दगी गलेछ कि

सजाएको आस्थाको ठूलो थियो महल
देख्दिनँ म भावनामा बज्रपातले ढलेछ कि

कहाँ गयो आधा मुटु आधा मात्र म सँग छ
निष्ठुरीलाई साथ दिन उनीसँगै चलेछ कि

प्रतिबिम्ब आफ्नो त हरायो कि म बाट
यादमा सारा उसको मेरो आकृति बलेछ कि

देखाइदियो अन्तै तिर निष्ठुरीलाई दैवले
रमिता हेर्न बिधाताले मेरै भाग्य छलेछ कि?

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube