Monday 2 November 2015

गजल

Posted by Unknown | 05:21 Categories: ,

सुनसान रातमा तिमी र म हुँदा कस्तो होला
हातले तिम्रा कोमल अंग छुँदा कस्तो होला

अन्धकार बिच  बनिएका जवानीका हाम्रा
सहमतिमा मिलाउने बुँदा कस्तो होला

बाँधिएर आलिंगनमा स्पर्श अधरमा त्यो
तप्प हर्षित आँसु अनि चुहुँदा कस्तो होला

मिलाइदियो भेटाइदियो हामी दुईलाई धन्य
देखिँदैन मन बुझ्ने यो खुदा कस्तो होला

जीवन भरी तिमी सँगै भए गइन्न भो स्वर्ग
छुटी गए माया हाम्रो रुँदा कस्तो होला?

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube