Tuesday 3 November 2015

गजल

Posted by Unknown | 20:09 Categories: ,

मैले माया गर्ने मान्छे टाढा भएपछि
उसको मन अर्कैसँग गाढा भएपछि

ऊ आउने बाटो भरी फुल किन छरुँ
मैले छर्ने फुल पनि काँडा भएपछि

सँगालेको यो मनलाई मैले उसकै लागि
बिश्वास टर्‍यो उसको मन छाडा भएपछि

यो मन अचेल रुँदै मर्दैछ दिनका दिन
मायामा पहिलेभन्दा बढी भाडा भएपछि

मिलाउने जिबनलाई बिताउने साथ सपना
पूरा नहुने भो लक्ष्य अलग डाँडा भएपछि

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube