Friday 20 March 2015

गित

Posted by Unknown | 03:48 Categories:

केटा
मैले माया मारेर के भयो
एकपात झरेर के भयो
तिमि त बोट हौ सुक्नुपर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटि
भन्छौ मलाई मनकी धनी छु
तिमि बिना जिबन रितिन्छु
चोखो यो मायामा लुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटा
तिमि नै छौ मेरो यो मनमा
अंगाल्नलाई गाह्रो छ जिबनमा
तिमि त बोट हौ सुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटि
खुशी भए तिमि लौ म बिना
सकिनेछ जिबनको यो चिना
चोखो यो मायामा लुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटा
प्रिय् तिमि त्यो बचन नबोल
पुरा गर्छु मेरो नै कबोल
तिमि त बोट हौ सुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटि
छोडी गाउँ यो शहर
पुरा हुन्छन जहाँ यि रहर
चोखो यो मायामा लुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटा
हाम्रो हुन्छ मायामा लौ जित
हासौं बाचौं रमाइलो प्रित
तिमि त बोट हौ सुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

२८-११-२०१४

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube