Friday 20 March 2015

कुरो

Posted by Unknown | 04:44 Categories:

मन किनिँदैन उपहारले
न त माया सुनको जुहारले

काट्छौ मान्छेलाई त रेट्छौ
बिचार छिनाउँदैन तरबारले

रोउ कराउ तिमि जस्तै पिडा होस
आवाज सुन्दैन सिंहदरबारले

सम्बन्ध सधैंलाई चिराइदिन्छ
माया आइदिने सानो दरारले

अघि नबढ बन्दुक उठाउँदैछ
मार्न खोज्दैछ जनता सरकारले
१६-०९-२०१४

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube