Friday 20 March 2015

गजल

Posted by Unknown | 03:08 Categories:
सुधार छिट्टै व्यबहार आमा भन्नुहुन्छ
बना आफ्नै घरबार आमा भन्नुहुन्छ
रात रहे अग्राख पलाउँदै जान्छ बुझेस
सम्हाल आफ्नै परिवार आमा भन्नुहुन्छ
जवानीमा दुख गरि भबिष्यलाई सुख
रमाउने हुनुपर्छ आधार आमा भन्नुहुन्छ
जे जति छन मैले तेरा साँचेका सपना
चाहनालाई बना साकार आमा भन्नुहुन्छ
जसको खबर उसको धन उखान बुढो भयो
परिवारको सानो आकार आमा भन्नुहुन्छ

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube