Friday 20 March 2015

गजल

Posted by Unknown | 04:17 Categories: ,

साँवा भन्दा चर्को ब्याज चलेकै छ
मेरो दिलमा उनको राज चलेकै छ

जनताको सरकारले मार्दैछ जनतालाई
श्रम मुल्य भन्दा बढी प्याज चलेकै छ

अस्पतालमा बिरामी छट्पटाएर मर्छन
डाक्टर साबको शहरमा काज चलेकै छ

बलात्कार भो पिडित झुन्डिएर मरिन
सुन्दैछु पिडक बिना लाज चलेकै छ

हटाए श्रीपेच दरबार बाटै निकाले
नेताका शिरमा उहि ताज चलेकै छ

०९-१२-२०१४

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube