Friday 20 March 2015

गजल

Posted by Unknown | 04:37 Categories: ,

हेर्दै मात लाग्ने नजर छ उसको
मोहनी जादु लाउने अधर छ उसको

उ हेर्नमा जति सुन्दर शालिन छे
भावनामा घमण्डको शहर छ उसको

बुझ्दै नभुझ्ने अनि बहुलठ्ठी पन छ
हार्नु हुन्न एउटै ठहर छ उसको

बिपरित छ साँच्चै उ अनि मेरो मन
बोलिमा जादु संगै जहर छ उसको

म छु उहि खालको नचाहेरै हेर्छु
मेरो मन बाध्य पार्ने कहर छ उसको

१२-१२-२०१४

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube