Friday 29 May 2015

बर्षौपछी देशमा खुशियाली छाएको छ सडक रातै भएको छ,मानिसको होहल्ला छ
सुन्छु टाढै बाट जिन्दावाद र मुर्दाबादका नारा घन्केका छन
म एउटा गरिब घरमा समाचार सुन्नलाई रेडियो छैन
अस्ति खै पल्लाघरे नन्दलालकामा जाँदा देशमा अब छिट्टै गणतन्त्र आउँछ भन्थे ,सुनेथेँ गणतन्त्र आएपछी गरिबका दिन खुल्ने छन,जनताले राज गर्ने दिन आउनेछ।
नारा नजिक हुँदै आयो म नि त्यही बाटो जानू थियो सुने नारा लगाएको गणतन्त्र जिन्दाबाद!
नजिकै आउँदै गरेको मान्छेलाई सोधेँ
गणतन्त्र आएको हो भाइ?उसले भन्यो हेर यो भरिया थाह पाएकै छैन रहेछ
हिजो राती घोषणा भएको सुनिनस?पेट भर्नै धौधौ छ कहाँबाट सुनोस अलि रेडियो सुन्ने गर भनेर छेड हान्यो बुझेन पेटको ब्यथा।
मलाई त्यही बेला देखि लागेको थियो गणतन्त्र आएर नि भेदभाव कायम नै हुने रहेछ मलाई गणतन्त्र सुरुकै दिन यसो गरियो शायद यहि रित देशमा बस्नेछ भनेर।
बिस्तारै देशमा परिबर्तनको महसुस गराउन बोर्डमा श्री ५ को सरकारका ठाउँमा नेपाल सरकार र पुस्तकमा कान्छो गणतन्त्र मुलुक भन्न थालियो।
समय बित्दै गयो जनताका नेता राजा बन्दै गए एकपछी अर्को परम्परा उहीँ रहे,देश छुट्याउने कुरा गर्दैछन,संबिधान पुरानै जस्तो छ
कथित अन्तरिम संबिधानमा देश अन्तरिम प्रणालीमा चल्दैछ।
ओहो आज त त्यो दिन पनि ८ बर्ष पुगेछ
मेरो थाप्लामाथिको नाम्लो उहीँ छ
यो बिचमा पाइलो राख्ने जमिन नभएकाले महल उभ्याए उनिहरु पनि जनताका नेता थिए तर म सामान्य नागरिक अझ भनौँ नेपाली ।
यसैले मेरा लागि यो गणतन्त्र आउनु जानूले खास अर्थ राख्दैन
शुभकामना तिनै
राजनिती गर्ने जनताका नेतालाई

परदेशिएको एउटा भरिया
हाल दुबई

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube