Monday 1 June 2015

गजल

Posted by Unknown | 03:18 Categories: ,

प्रीयाले खुशीको संसार मागिन
मेरो जिउने एउटै आधार मागिन

म बाँच्न सक्दिनँ भनेकै थिएँ
भएन मुटु उपहार मागिन

के भन्छौ त माया गर्छु भन्दै
हेर्नलाई मायाको चमत्कार मागिन

अयोग्य भएँ रे मायाको खेलमा
अनि कसैको उनले प्यार मागिन

दुबैको जित हुने प्रेमको खेलमा
प्रीयाले मसँग हार मागिन

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube