Tuesday 9 June 2015

गजल

Posted by Unknown | 23:11 Categories: ,

बुद्ध माथि देशमा अपमान भएको छ
हिटलरलाई नजानेरै सम्मान भएको छ

निर्दोषलाई सजाय दिइ दोषी छाड्ने
देशको कानुन अन्धो समान भएको छ

शान्ति भुमि लडाइँको केन्द्र भएर नै
पबित्र गंगा साटो रक्त स्नान भएको छ

विवेक यो देशमा रहेको देख्दिन म
सतिसराप देशमा बरदान भएको छ

डर लाग्छ चाला देख्दा नेतृत्व लिनेको
अनेक राज्यमा देशको चिरान भएको छ

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube