Wednesday 10 June 2015

गजल

Posted by Unknown | 00:15 Categories: ,

देशको धेरै याद यदि छ त यहीँ प्रवाशमा छ
निस्सार एक्लो रात यदि छ त यहीँ प्रवाशमा छ

यहि काम स्वदेशमा गर्दा अहँ नसकिने
सक्ने बलियो हात यदि छ यहीँ प्रवाशमा छ

कौतुहलता जाग्छ उस्तै उसैमाथी अधैर्यता
ब्यग्रताको मात यदि छ यहीँ प्रवाशमा छ

आराम छैन पालो छैन सारा काम आफैं माथी
काममा खात खात यदि छ त यहीँ प्रवाशमा छ

विकसित छ मान्छेले मान्छे मान्छे मान्दैन
बिझाउने बात यदि छ त यहीँ प्रवाशमा छ

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube