Wednesday 10 June 2015

गजल

Posted by Unknown | 09:54 Categories: ,

आकाश नै झार्छु भन्थिस कहाँ छस तँ समय
सबको शेखी मार्छु भन्थिस कहाँ छस तँ समय

जिन्दगीमा आउन दिन्नँ कुनै दुख बाधा
मुहान सबै बार्छु भन्थिस कहाँ छस तँ समय

दुख आए जिबनमा परिपक्व बन्छु म
उही जीवन खार्छु भन्थिस कहाँ छस तँ समय

डुबेको छस बाध्यताको यो भुमरी बिच
स्वतन्त्र मन पार्छु भन्थिस कहाँ छस तँ समय

जो हो भाग्य भोग्नुपर्छ भन्ने जान्दाजान्दै
भावीको लेख टार्छु भन्थिस कहाँ छस तँ समय

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube