Thursday 11 June 2015

कसरी भो

Posted by Unknown | 05:13 Categories: ,

धिर तिम्रो मनको यो हाल कसरी भो
पहिलेभन्दा पुरै बेग्लै चाल कसरी भो

माया नै जिन्दगीको बाँच्ने आधार भन्थ्यौ
फेर्छौ बोली अहिले माया जाल कसरी भो

पुजा गर्थ्यौ पबित्र हो भन्दै   प्रेमलाई
अनि भन्छौ प्रेम फेरि जाल कसरी भो

संयम अनि परिपक्व लाग्थ्यौ तिमी मलाई
पिरती आँसुको अनि ताल कसरी भो

भावनाका पहाडहरु मनमै अटाउँथ्यौ
सागर झैँ पहाड डुबाउने छाल कसरी भो

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube