Tuesday 9 June 2015

कसैको लागि

Posted by Unknown | 23:11 Categories: ,

तिम्रो त्यो तस्बिरको के बर्णन गरुँ
जवानी त्यो शरिरको के बर्णन गरुँ

लोभिन्छन मन मुटु नयन तिमी मै
के होला तक्दिरको के बर्णन गरुँ

नियाल्छु हरपल संझिन्छु तिमी नै
देख्छु मन अधिरको के बर्णन गरुँ

नजर स्पर्श मात्र मेरो त तिमी सँग
डाह लाग्छ यो समिरको के बर्णन गरुँ

भावमा डुबिरहेछु तिमीलाई देखेपछि
यो मन छ अस्थिरको के बर्णन गरुँ

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube