Monday 1 June 2015

गजल

Posted by Unknown | 03:18 Categories: ,

यो धरती यो आकाश तिम्रै लागि
अन्तिम पलको सास तिम्रै लागि

आफुलाई भन्दा धेरै माया छ तिमीलाई
जिबन अर्पण मेरो खास तिम्रै लागि

रमाउ सजाउ फ्याँक या जे नै गर
केवल यो मनमा छ बास तिम्रै लागि

मर्न तयार छ मन जुनसुकै बेला पनि
रहन्छु तर सदा आसपास तिम्रै लागि

तिम्रै साथ मेरो अन्तिम मात्र हो चाहना
नपाए बाँचेर हुन्छु म लास तिमै लागि

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube