Wednesday 10 June 2015

तिम्रै नै भर परेँ र पो बिर्सिनलाई सकिएन
तिमीलाई माया गरेँ र पो बिर्सिनलाई सकिएन

टाढा थियोे म बाट अलि अलि गर्दागर्दै
हृदय नजिक सरेँ र पो बिर्सिनलाई सकिएन

नभनेरै कति कुरा तिमीलाई म बाट नै
अथाह खुशी भरेँ र पो बिर्सिनलाई सकिएन

तिमी लाई आफ्नो संसारै सम्झिएर
आफ्नै सपना हरेँ र पो बिर्सिनलाई सकिएन

हररात तिमी सँगै कल्पनामा हराउँदा
आँसु बनी झरेँ र पो बिर्सिनलाई सकिएन

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube