Sunday 17 May 2015

गजल

Posted by Unknown | 19:01 Categories: ,

आमाको त्यो सारी टाल्न सकिनँ
घरको दुख कति फाल्न सकिनँ

लागेको गरिबीको दाग परिवारमा
परदेशिएँ तर पनि पखाल्न सकिनँ

चुहिँदैछ छानो बर्खामा दिनदिन
नयाँ खरको छानो हाल्न सकिनँ

सोच बनाएकै हो जीवन सफलताको
भाका आएनछ चाल्न सकिनँ

निर्बल भएँछु म जवानीमा नै
दुख आफ्नै सामु गाल्न सकिनँ

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube