Thursday, 21 May 2015

भाब

Posted by Unknown | 18:31 Categories: ,

टाँगिएका छन पाल सबैतिर
आँशुका छन छाल सबैतिर

राहत अरबौँ सकेँ भन्छ सरकार
पुग्या छैन चामल दाल सबैतिर

चिरिन्छ छाती अनि भक्कानिन्छ मन
देख्दा देशको बेहाल सबैतिर

कस्तो दुर्दशा भोगिरहेछौँ हामी
असुभ भयो यो साल सबैतिर

भुकम्प बाढी चट्याङ अरु केके भनौँ
देखिरहेछ म काल सबैतिर

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube